काठमाण्डौ । खेतीपातीबाट मोटो रकम कसरी कमाउने भनेर सोचिरहनुुभएको छ ? छ भने तपाईका लागि मेवाको व्यवसायिक खेती एक राम्रो विकल्प हुनसक्छ । पछिल्लो समय बजारमा आएको हाइब्रीड मेवाको खेतीबाट मोटो कमाईको संभावना औधी बढेको छ। तपाईले एक हेक्टर क्षेत्रफलमा मेवाको खेती लगाएर एक सिजनमा १६ लाखसम्म चोखो नाफा गर्न सक्नुुहुन्छ । यो खेतीको मुख्य विशेषता भनेको चाँडो बढ्ने र चाँडै फल दिने हो । एकवर्षमै यसले तपाईलाई फल दिन थाल्छ र मालामाल बनाइदिन्छ । एकपटक रोपिएको मेवाको बोटबाट तपाईले ३ वर्षसम्म निरन्तर उत्पादन लिन सक्नुुहुन्छ । यसकारण पछिल्ला २ वर्षहरुमा पहिलो वर्षजस्तो बिरुवा हुर्काउन हुने खर्च समेत कटौति हुनेछ । आउनुहोस् मेवाको खेती र यसबाट कमाउने तरिकाको बिषयमा जानिराखौं । 

मेवाका लागि आवश्यक हावापानी तथा जमीनको हिसाबले कुरा गर्ने हो भने नेपाल एक उपयुक्त देश हो । यसलाई ३० देखि ४० डिग्री सेल्सिएस तापक्रममा उमार्न सकिन्छ । यस्तो तापक्रम केही भाग छाडेर प्राय नेपालमा हरेक क्षेत्रमा पाइन्छ । तयार भइसकेको मेवाको बिरुवा खेतीकै लागि न्यूनतम ५ डिग्री सेल्सियस तापक्रममा लगेर समेत रोप्न सकिन्छ । यसको अर्थको नेपालको पहाडी क्षेत्रमा समेत आरामले यसको खेती गर्न सकिन्छ । यस हिसाबले तपाईले नेपालको कुनै पनि कुनामा मेवाको व्यवसायिक खेती गर्न सक्नुुहुन्छ । 

मेवाका प्रकार
मेवा खेतीका लागि तपाईले बजारमा कयौं देशी तथा विदेशी र हाइब्रीड बिउ पाउन सक्नुुहुन्छ । अझ भारतमा विकास गरिएका कैयन प्रकारका मेवाको प्रजातिहरुको बिज समेत नेपाली बजारमा सहजै पाउन सकिन्छ । खास गरी बजारमा पूसा मेजेस्टी, पूसा जोइन्ट, वासिङ्टन, सोलो, कोयम्बटूर, हनिड्यू, कुंर्गहनिड्यू, पूसा ड्वार्फ, पूसा डेलिसियस, सिलोन, पूसा नन्हा आदि प्रजातिको मेवाको बिउ बजारमा पाइन्छ । विदेशी बिजहरुमा चर्चित ताइवानी रेड लेडी तथा केही इजराइली किसिमको प्रजातिले पनि राम्रो फल दिन्छ । 

कति दिन्छ फल ?


मेवाको व्यवसायिक खेती गर्ने किसानहरुका अनुसार मेवाको एक स्वस्थ रुखले एक सिजनमा ४० केजीसम्म फल दिनसक्छ । उनीहरुका अनुसार तपाईले २ बिरुवाको बीच कम्तीमा ६ फिटको अन्तर राख्नुुपर्छ । यस हिसाबले तपाईले एक हेक्टरमा २२५० रुख तयार गर्न सक्नुुहुन्छ । यो हिसाबले तपाईले एक सिजनमा एक हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट ९०० क्विन्टल मेवा उत्पादन गर्न सक्नुुहुन्छ । 

सावधानी


मेवाको बिरुवा निकै संवेदनशील हुन्छ । त्यसकारण यसको आसपास तापमानलाई विशेष ख्याल गर्नुपर्छ । गर्मीमा चल्नसक्ने लुु(तातो हावा) र जाडोयाममा चल्ने चिसो हावा दुवैले मेवाको बिरुवालाई क्षति पुर्याउन सक्छ । बच्नका लागि खेतको उत्तर र पश्चिममा हावा रोक्नका लागि केही न केही व्यवस्था अवश्यक गर्नुहोला । धेरै पानी मेवा खेतीका लागि नोक्सानदायी हुन्छ । यसकारण खेतमा पानीको निकासको उपयुक्त व्यवस्था पहिलादेखि नै गर्नुपर्छ । धेरै पानीका कारण अनेकन समस्या आई मेवाको बिरुवा सखाप हुनसक्छ । 

कति हुन्छ कमाई ?


एक हेक्टर क्षेत्रफलमा लगाइएको मेवा खेतीबाट एक सिजनमा तपाईले १६ लाखभन्दा बढी नाफा गर्न  कमाउन सक्नुुहुन्छ । एक हेक्टरको खेतीबाट ९०० क्वीन्टल मेवा उत्पादन गर्न सकिन्छ भन्ने कुरा अगाडि नै भनिसकिएको छ । थोक मूल्यमा मेवालाई तपाईले न्यूनतम २४ रुपैयाँ प्रतिकेजीको हिसाबले बिक्री गर्न सक्नुुहुन्छ । यो हिसाबले बिक्री गर्दा तपाईलाई एक क्वीन्टलमा २४०० रुपैयाँ प्राप्त हुन्छ । यो हिसाबले तपाईले एक हेक्टरबाट उत्पादन हुने हुने मेवाबाट २१.६० लाख रुपैयाँसम्मको आम्दानी गर्न सक्नुुहुन्छ । एक हेक्टर मेवाको खेती गर्दा तपाईको लागत करिब ५ लाख रुपैयाँसम्म हुनसक्छ । बिउ खरीदमा २५ हजारसम्म खर्च हुनसक्छ । ३० हजार अन्य खर्च जोड्दा समेत तपाईलाई एक हेक्टर क्षेत्रफलमा मेवाको खेती गरेर १६ लाख चोखो नाफा गर्न सक्नुुहुन्छ, त्यो पनि एक सिजनमै । 

बिउमा विशेष ध्यान
अनुुभवी किसानहरुका अनुसार मेवाको राम्रो खालको बिउ केही महंगो पर्न सक्छ । राम्रो बिउलाई प्रति १० ग्राम ५ हजार रुपैयाँसम्म पर्न सक्छ । १० ग्राममा करिब ७०० बिउ हुन्छ । रोपेदेखि बिरुवा उत्पादन गर्दासम्म तपाईको करिब ५० प्रतिशत बिउ नष्ट हुनसक्छ र ५० प्रतिशत बिउ मात्र बिरुवाको रुपमा उम्रन सक्छ । यसकारण बिउमा विशेष ख्याल गर्नुहोला । 

कहाँ सम्पर्क गर्ने ?


यदि तपाई आधुनिक ढंगले मेवाको व्यवसायिक खेती गर्न चाहनुुहुन्छ भने जिल्लास्थित जिल्ला कृषि विकास कार्यालय तथा कृषि केन्द्रहरुमा सम्पर्क गर्न सक्नुुहुन्छ । कृषिसँग सम्बन्धित सरकारी कार्यालयमा तपाईले विज्ञहरुलाई समेत भेट्न सक्नुुहुन्छ, उनीहरुसँग स्थानीय माटो तथा हावापानी सुहाउँदो बिउ तथा अन्य बिषयमा समेत सरसल्लाह गर्न सकिन्छ । यस्तै, बजारमा उपलब्ध बिउबिजनका दोकानबाट समेत आवश्यक जानकारी पाउन सकिन्छ ।