काठमाण्डौ । सन् २००८ मा स्थापित एईसीसीले  ग्लोबल अष्ट्रेलियन एजुकेशन डे आगामी मे ९ तारिखका दिन आयोजना गर्ने भएको छ ।

कार्यक्रम, मेँ ९ तारिखका दिन बिहान ११ देखि बेलुकी ५ः३० बजेसम्म काठमाण्डौको सनराइज बिज पार्क, कमल पोखरीमार्ग, चारखाल, डिल्लीबजार–३३ मा आयोजना हुने एईसीसीले जानकारी दिएको छ ।

त्यसैगरी, पोखरा ट्रेड मल लेभल ३, चिप्लेढुंगा मे १० बिहान ११ बजेदेखि बेलुकी ३ बजेसम्म र मे ११ मा चितवन भरतपुर–१०, बालमन्दिर चोक, एयरपोर्ट रोडमा विहान ११ देखि बेलुकी ३ः३० सम्म आयोजना हुने जानकारी दिइएको छ ।

कार्यक्रममार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीले छात्रबृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पूर्ण जानकारी लिनसक्ने संस्थाले जानकारी दिएको छ ।

कार्यक्रममा अष्ट्रेलियामा एमबीए, बिजिनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन र नर्सिङ, अध्ययन लगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी लिन सकिने जानकारी दिइएको छ ।

संस्थाका अनुसार ईच्छुक सहभागीले आफ्नो ईच्छा अनुसार पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभलमध्ये आफ्नो अध्ययन क्षेत्र रोज्न सक्नेछन् ।

कार्यक्रममा सहभागी विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक जानकारी लिनसक्ने छन् । साथै, तत्काल प्रक्रिया अगाडि बढाई आफ्ना आवेदन विश्वविद्यालयसामु प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।

कार्यक्रममार्फत विद्यार्थीले आवेदन शुल्क अधित्याग तथा शुल्करहित प्रोशेसिङ सुविधा, विश्वविद्यालयका प्रतिनीधिसँग प्रत्यक्ष परामर्श लागायत सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस्तै, योग्य विद्यार्थीका लागि छात्रबृत्तिको समेत ब्यवस्था गरिएको जानकारी दिइएको छ  । कार्यक्रममा सहभागीका लागि आईईएलटीएस/पीटीई/टोफल अध्ययनका लागि विशेष प्याकेजको ब्यवस्था समेत गरिएको संस्थाले जानकारी दिएको छ ।

कार्यक्रममार्फत सिधै विभिन्न अफरहात पार्नका लागि आफ्ना शैक्षिक प्र्रमाण पत्रका सक्कल तथा प्रतिलिपीपनि साथमा ल्याउन संस्थाले आग्रह गरेको छ । सहभागीले अष्ट्रेलियामा अध्ययन पश्चात चार बर्षका लागि कार्य अधिकार (वर्क राइट) पनि प्राप्त गर्न सक्ने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।