काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमीटेडले रसुवास्थित आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ करोड ६८ लाख मूल्यको आइपीओ बुधबारदेखि निश्कासन गरेको छ । 

यो कम्पनीले रसुवास्थित डाडागाउँ र राम्चेका बढी प्रभावित बासिन्दाका लागि १ लाख ८४ हजार ७२ कित्ता र रसुवाका कम प्रभावित क्षेत्रका बासिन्दाका लागि पनि १ लाख ८४ हजार ७२ कित्ता आइपीओ जारी गरेको हो । 

आइपीओमा रसुवाबासीले आगामी जेठ ३१ गतेसम्म आवेदन दिनसक्नेछन् । सो अवधिमा पनि माग अनुसारको आवेदन नपरे असार १५ सम्मलाई आवेदन दिने अधिकतम मिति तोकिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि १ हजार ८ सय ४० कित्तासम्म खरीद गर्न सक्नेछन् ।

यो कम्पनीको आइपीओको निश्कासन प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

यो जलविद्युत कम्पनीको अधिकृत पूँजी ७५ करोड रुपैयाँ र चुक्तापुँजी २५ करोड ७७ लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी २९ करोड ४५ लाखको उचाईमा पुुग्नेछ । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि यो कम्पनीले सर्वसाधारणका लागि निकट भविष्यमै ७ करोड ३६ लाख बराबरको आइपीओ जारी गर्नेछ । त्यसपछि यो कम्पनीको चुक्तापूँजी ३६ करोड ८१ लाखको उचाई चुम्नेछ । 

मैलुङ खोला जलविद्युत कम्पनीले हाल ५ मेगावाट क्षमताको मैलुङ खोला हाइडोपावर प्रोजेक्ट संचालन गरिरहेको छ । यो आयोजना रसुवाको हाकुु गाउँपालिकामा अवस्थित छ ।