काठमाण्डौ । विश्व स्वास्थय संगठन (डब्ल्यूएच) ले कोरोना उपचारमा हाइड्रोक्लोरोक्विनको प्रयोगमा रोक लगाएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले यो औषधि प्रयोग गर्न छोडेको बताएका छन्। 

ट्रम्पले दुुई साता निरन्तर रुपमा यो औषधिको प्रयोग गरिरहेका थिए। “समाप्त भयो, वास्तवमै समाप्त भयो र  अझै पनि म तपाइँहरु सामुुन्ने उपस्थित छुु”, उनले मंगलबार अन्तर्वार्ताका क्रममा भनेका छन्। 

मलेरियाको उपचारमा प्रयोग हुुने यो औषधि कोरोनाविरुद्धको उपचारमा र रोकथामका लागि भन्दै प्रचार गरिएको थियो। वैज्ञानिकहरुले यो औषधिले राम्रोभन्दा पनि नोक्सान पुुर्याएको प्रमाणहरु भेटिन थालेका बताएका छन्। जसका कारण डब्ल्यूएचओले यसको प्रयोगमा रोक लगाइसकेको छ। 

अन्तर्वार्ताका क्रममा ट्रम्पले कोरोनाको रोकथामका लागि आफूले हाइड्रोक्लोरोक्विन प्रयोग गर्ने गरेको निर्णयको बचाव गरेका छन्। “नढाटेर भन्नुपर्दा मैले यो औषधिका बारेमा थुुप्रै भयानक प्रतिवेदनहरु सुुनेको छुु। धेरै मानिसहरुले यसले उनीहरुको जीवन बचाएको विश्वास लिएका छन्’, उनले भने, ‘डाक्टहरुले विभिन्न प्रतिवेदनहरु सार्वजनिक गरेका छन्। यस विषयमा तपाइले फ्रान्स र इटलीका उत्तम अध्ययनहरु हेर्न सक्नुुहुुन्छ।” 

ट्रम्पले ह्वाइटहाउसका दुुईजना कर्मचारीहरुलाई कोरोना देखिएपछि आफूले यो औषधि सेवन गर्न थालेको स्पष्ट पारेका छन्। ट्रम्पले गत साता ह्वाइट हाउसका फिजिसियनहरुको सुुझावबमोजिम अप्रमाणित क्लोरोक्विन सेवन गरिरहेका बताएका थिए। उनले कुुनै प्रमाण बिना नै सयौँ डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीहरुले पनि यसको सेवन गरिरहेको भनेर दाबी गरेका थिए। 

अप्रमाणित औषधि किन प्रयोग गरेको भन्ने जवाफमा ट्रम्पले यसका बारेमा आफूले धेरै राम्रा कुुराहरु सुुनेको र यसले काम गर्छ भन्नेमा आफूमा विश्वास भएकाले प्रयोग गरेको जवाफ दिएका थिए। – एजेन्सी