काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्वसन्ध्यामा थालिएको मोक ट्रेडिङमा अत्यधिक समस्या आएपछि नेप्सेले सबै ब्रोकरलाई अलग–अलग यूआरएल उपलब्ध गराएको छ । 

लगानीकर्ताले मोक ट्रेडिङको नाममा नेप्सेले झुक्याउने र झुलाउने काम मात्र गरेको भन्दै आक्रोश व्यक्त गर्न थालेपछि र मोकका लागि ब्रोकरलाई उपलब्ध गराइएको यूआरएलले काम नगरेपछि नेप्सेले सबैलाई अलग–अलग यूआरएल उपलब्ध गराएको हो । 

नेप्सेले अलग–अलग यूआरएल प्रयोगको बिषयमा ५ बुँदे निर्देशन समेत जारी गरेको छ । जसअनुसार ब्रोकरले नेप्सेले उपलब्ध गराएको फम्र्याटअनुसार यूआरएल उपलब्ध गराउनुपर्नेछ । 

यस्तै, ब्रोकरले आफ्ना क्लाइन्टलाई मोक ट्रेडिङका लागि यूआरएल उपलब्ध गराउँदा नेप्सेले प्रदान गरेको यूआरएल दिनुपर्ने, यूआरएलमा आइपी एडेस र पोर्ट अनिवार्य राख्नुपर्ने, ब्रोकरले उपलब्ध गराएको मोक ट्रेडिङ यूआरएल ठीक छ वा छैन लगानीकर्ताले समेत यकिन गर्नुपर्ने भनिएको छ । 

नेप्सेले ब्रोकरलाई उपलब्ध गराएको यूआरएलको सूचि यस्तो छः