काठमाण्डौ । जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकै साथ कारोबार शुभारम्भ गरेको छ । 

हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार सुरु गरिएको हो । 

अन्य शाखाहरु जस्तै यि शाखाहरुबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्ससेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ सेवा सुरु गरिएको छ ।

उच्च पहाडी तथा हिमाली  क्षेत्रका जनताहरुलाई देशको अन्य क्षेत्रसँग वित्तीय संजालमा जोड्न यि शाखाहरु महत्वपूर्ण हुने र हालसम्म मोटर बाटोको पहुँच नपुगेको यि दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ्ग सेवाले केही सहजता प्रदान गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

यि शाखाहरु समेत गरी जनता बैंकको देश भरीमाशाखा सञ्जाल१२६पुगेको छ । यि शाखाहरु अतिरिक्त बैंकले ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर, २ सिमित बैंकिङ इकाई र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।