काठमाण्डौ । प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाइकलको सातौँ डिलरसिप इको इक्जिम नेपाल प्रालि काठमाण्डौको टेकुमा सोमबारदेखि सञ्चालनमा आएको छ ।

शोरुमको उद्घाटन मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरेले गरे। यो शोरुममा हाल ५ थरी मोडलका मोटरसाइकल उपलब्ध रहेका छन् । जसमा टेक्कन २५० को ६ गेयर र २२३ सीसीको मोडलमा हाइड्रोलिक डिस्कब्रेक रहेको छ । जसको बजारमूल्य ३ तीन ७५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी स्पोर्ट २५० को ६ गेयर र २२३ सीसी मोडलमा पनि हाइड्रोलिक डिस्क ब्रेक रहेको छ । यसको बजार मूल्य ३ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै स्क्रयाम्बलर २५० मा ६ गेयर र २२३ सीसीको मोडलमा हाइड्रोलिक डिस्कब्रेकसहित बजारमूल्य ४ लाख ५० हजार रुपैयाँमा पाइन्छ ।

अर्को नयाँ मोडलमा एमएच २०० एक्स ६ गेयर र १९९ सीसी क्षमताको रहेको छ । यसको बजारमूल्य ३ लाख ७२ हजार रुपैयाँ तोकिएको छ।

यस्तै एमएच १५० आरमा ५ गेयरसहित १४९ सीसी हाइड्रोलिक डिस्कब्रेक रहेको छ । यो मोटरसाइकलको बजारमूल्य २ लाख ७८ हजार रुपैयाँ तोकिएको छ।

नेपालका प्रमुख शहरहरुमा उपलब्ध हुने यी नयाँ मोडेलका मोटरसाइकलहरु नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले सार्वजनिक गरेको हो । मोटरहेडका प्रत्येक बाइकको खरिदमा निःशुल्क थर्डपार्टी इन्स्योरेन्स र एक वर्षको रोड ट्याक्ससहित हेलमेट, टीर्सट र बाइक कभर पाइनेछ । साथमा स्क्याच एन्ड विनअन्र्तगत स्योर सट ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म नगद जित्न सकिने एसएलआर टेक्नो एन्ड ट्रेडका बिजनेस डेभलेपमेन्ट हेड साइमन रसाइलीले जानकारी दिए।