काठमाण्डौ । मोदी इनर्जी लिमीटेडले आयोजना प्रभावित र सर्वसाधारणका लागि करिब ४२ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १६ लाख ८० हजार कित्ता आयोजना प्रभावितका लागि र २५ लाख २० हजार कित्ता सर्वसाधारणका लागि निश्कासन गर्ने भएको हो । 

आइपीओ निश्कासनका लागि कम्पनीले सनराइज क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

गण्डकी प्रदेशको पर्वत जिल्लामा अवस्थित तल्लो मोदीखोला जलविद्युत आयोजना २० मेगावाट क्षमताको हो । यो आयोजनाको प्रवद्र्धक मोदी इनर्जी लिमिटेड रहेको छ । 

आइपीओ निश्कासनका लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा मोदी इनर्जीको तर्फबाबट संचालक कुमुदकुमार दुगड र सनराइज क्यापिटलको  तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।