काठमाण्डौ । राजधानीको गोगंबुस्थित बिजी मलमा जारी सामसुङ मोबाइलमा एक्स्पोको अवधि एकसाता थप गरिएको छ । 

एक्स्पोका अवलोकनकर्ताको उल्लेख्य उपस्थिति भएपछि मलले एक्स्पो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो । 

मलका अनुसार जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुईवटा टिकट सित्तैमा उपलब्ध गराउँदै आएको छ । 

असार ७ गतेबाट संचालनमा आएको एक्स्पोमा अवलोकनर्ताहरुको सहभागिता बढेपछि मलले नयाँ योजना सार्वजनिक गर्दै मोवाइलको खरिदमा अनिवार्य रुपमा बिएसआचर मुभिजको टिकट उपलब्ध गराउने व्यवस्था मिलाएको हो । 

एक्स्पोमा अवलोकनकर्ताहरुको उल्लेखीय सहभागिता बढेपछि नयाँ अफरका साथै मेला अवधि बढाइएको एक्स्पोका संयोजक हिरामणि तिमिल्सनाले जानकारी दिए । “एक्स्पोमा न्यूूनतम हजार रुपैयाँदेखि ९९ हजार रुपैयाँसम्मका मोबाइलहरु बिक्रीका लागि राखिएका छन् । जुुनसुकै मोबाइल खरिद गरे पनि हामीले बिएसआर मुभिजको जो बिजी मलमै रहेको छ । त्यसको दुईवटा टिकट फ्रिमा उपलब्ध गराउनेछौ ।”  तिमिल्सनाले भने । 

असार ७ गतेबाट सुरु भएको एक्स्पोमा बिहीबारसम्ममा २५ हजार बढीले अवलोकन गरेका छन् भने पौने दुई करोड रुपैंया बढीको कारोबार भएको छ । 

असार २४ गतेसम्म जारी रहने मोवाइल एक्स्पो अवधिभर ग्राहकहरुले बिजी मलका सबै फेन्सी पसलहरुबाट २५ प्रतिशत छुट पाउने छन् । त्यस्तै प्रत्येका दिन मलमा आउने ग्राहकले लक्की ड्रमार्फत एउटा स्मार्टफोन र पाँचजनाले सेल्फी स्टीक पाउने पनि एक्स्पो संयोजक तिमिल्सनाले जानकारी दिए । 

चर्चित र अधिक प्रयोगमा रहेका अधिकांस मोबाइलको आधिकारिक शोरुम रहेको बिजी मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।