काठमाण्डौ । संसारमा थरी–थरीका मानिस हुन्छन् । उनीहरु आफ्नो क्षमता र वृद्धिले फरक–फरक हुन्छन् । प्रविधिको विकाससँगै मानिसको गतिविधिमा परिवर्तन हुन थालेको छ ।

यस्तैमा हालै एउटा अनुसन्धानले मानिसको दिमागले मोबाइलको ब्याट्रीअनुसार काम गर्न सक्ने निष्कर्ष निकालेको छ । अनुसन्धानले मोबाइलको ब्याट्रीले मानिसको मुडको आँकलन गर्न सकिने पनि पत्ता लगाएको छ ।

लन्डन युनिभर्सिटीका मार्केटिङ रिसर्चर थोमस रोबिन्सन र फिनल्यान्डको अल्टो युनिभर्सिटीका रिसर्चका क्रममा यो कुरा बाहिर आएको हो । शोधका अनुसार जो मानिस आफ्नो मोबाइलको ब्याट्री सधैँ चार्ज गर्छ उसले आफ्नो ऊर्जाको उपयोग लामो समयसम्म गर्छ । यस्ता मानिस प्रायः व्यवस्थित हुन्छन् ।

त्यस्तै जो मानिस आफ्नो मोबाइलको ब्याट्रीमा खासै ध्यान दिँदैनन् उनीहरु अव्यवस्थित हुन्छन् । र, उनीहरुको मोबाइलको ब्याट्री प्रायः कम नै हुन्छ ।

शोधकर्ताहरुले लन्डनका २३ वर्षदेखि ५७ वर्ष समूहका २२ जना मानिसलाई आफ्नो अनुसन्धानमा समेटेका थिए, जो दैनिक कहीँ जाँदा ६० देखि १८० मिनेट समय लगाउँथे । यदि उनीहरु आफ्नो गन्तव्य १० किलोमिटर दूरीमा छ वा बाटोमा १० वटा बस स्पट छन् भने उनीहरु त्यसलाई आफ्नो मोबाइलको ब्याट्रीसँग तुलना गर्थे । जस्तै उनीहरुको मोबाइलको ब्याट्री ५० प्रतिशतमात्र चार्ज छ भने कति समयमा गन्तव्यमा पुगिन्छ र ब्याट्रीलाई फुल चार्ज गर्न कति समय लाग्छ । ब्याट्रीमा घट्दो पावरले उनीहरुलाई समयमै चार्ज गर्न प्रेरित गथ्र्यो । मोबाइलको ब्याट्री चार्ज गर्न उनीहरु छिटोभन्दा छिटो यस्तो ठाउँमा जान मन पराउँथे जहाँ उनीहरु आफ्नो मोबाइलको ब्याट्री चार्ज गर्न सकून् ।

शोधबाट यो कुरा बाहिर आयो कि जसको मोबाइल फोनको ब्याट्री फुल चार्ज हुन्छ उनीहरु सकारात्मक महसुस गर्छन् र उनीहरु सोच्छन् कि फुल ब्याट्री भएपछि जहाँ पनि जान सकिन्छ । त्यहीँ आधा वा त्यसभन्दा पनि कम ब्याट्री चार्ज भएकाहरु नकारात्मक बढी सोच्छन् । उनीहरुलाई सोधियो कि दिन ढल्दै गएपछि तपाइँहरुलाई आफ्नो मोबाइल देखाउन कत्तिको रुचाउनुहुन्छ ? उनीहरुको जबाफ थियो, ‘फुल चार्ज भएको मोबाइल देखाउँदा खुसी लाग्छ तर ५० प्रतिशतभन्दा कम चार्ज भएको मोबाइल देखाउँदा लाज लाग्छ । अझै ३० प्रतिशतभन्दा कम चार्ज छ भने त झनै चिन्ता बढ्छ ।’

शोधकर्ताहरु यी सबै कारण यस्ता उपकरणप्रति मानिसको बढ्दो निर्भरताकै परिणम हो । मोबाइलको ब्याट्रीले थुप्रै चिजमा असर पार्छ। यसले मोबाइलको म्याप, डिजिटल वालेट, डायरी, एन्टरटेनमेन्ट पनि प्रभावित हुन्छ । डा रोविन्सन भन्छन्, ‘रिचर्समा हामीले पायौँ कि जो मानिसको फोनको ब्याट्री सधै फुल चार्ज हुन्छ वा सधैँ आफ्नो मोबाइलको ब्याट्री कम हुन नदिन ध्यान दिन्छ ऊ सधैँ उच्चस्तरको सोच्छ र प्रभावकारी कमद उठाउँछ ।’

यस विपरीत जो ब्याट्री चार्जमा खासै ध्यान दिँदैनन् वा फुल चार्ज पनि गर्दैनन् उनीहरु अव्यवस्थित हुन्छन् । उनीहरु कुनै काम पनि ढंगले गर्दैनन् ।

शोधको निष्कर्ष छ जो मानिसको मोबाइलको ब्याट्री सधैँ कम हुन्छ ऊ अरुमा निर्भर हुन्छ । उनीहरुको सामाजिक दायरा पनि कम हुन्छ। तर जो मानिस आफ्नो मोबाइलको ब्याट्री सधैँ व्यवस्थित गरेर हिँड्छ ऊ जीवन सहजताका जिउनुका साथै आउने हरेक समस्यालाई सामना गर्न सक्षम हुन्छ । –एजेन्सी