काठमाण्डौ । स्मार्टफोनको मागमा कमी र चिपको दाम लगातार घट्दा सामसुङ इलेक्ट्रोनिक्स कम्पनीको मुनाफा चालु आर्थिक वर्षको तेस्रो चौमासमा ६०.२ प्रतिशतले गिरावट आएको छ ।

न्युज एजेन्सी योनहपको रिपोर्टले यस्तो प्रतिवेदनअनुसार सियोलका बजार विश्लेषक एफएन गाइडको अनुमानअनुसार सामसुङको सञ्चालन मुनाफा ५.८ अर्ब डलरमा सीमित हुन सक्छ । जब कि गत आर्थिक वर्षको यही अवधिमा कम्पनीको सञ्चालन मुनाफा १४.७१ अर्ब डलर रहेको थियो ।

तीन महिनाअघिको अनुमान अनुसार हालको अनुमानमा सामसुङको मुनाफा ८.२ प्रतिशतले गिरावट हुन सक्ने आँकलन गरिएको छ । यद्यपि केही विश्लेषकहरुको अनुमानअनुसार यो अवधिमा सामसुङको मुनाफा ५.८८ अर्ब डलरभन्दा बढी हुन सक्छ । किनकि यो वर्षको दोस्रो त्रैमासमा विश्वभरका चिप इन्डस्ट्रीको हालत खराब रहनुका बाबजुद पनि यो कम्पनीको अवस्था सन्तोषजनक देखिएको छ।

यो वर्षको दोस्रो त्रैमासमा सामसुङ कम्पनीको कुल मनाफा ४.३५ अर्ब डलर रहेको थियो । जुन अघिल्लो वर्ष ४.४६ अर्ब डलर रहेको थियो ।

दोस्रो चौमासको मुनाफामा पनि कमी देखिनुको मुख्य कारण मेमारी चिपको दाममा कमी आउनु र मोबाइल बिजनेसमा मन्दी देखिनु नै रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालन मुनाफा दोस्रो चौमासमा पछिल्लो वर्षको सोही अवधिको तुलनामा ५५.६ प्रतिशतले घटेर ५.५३ अर्ब डलरमा सीमित रहेको छ । – एजेन्सी