काठमाण्डौ । सनराइज बैंक लिमिटेडले मोरङको मृगौलियामा ४७ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकिङ सेवा नपुगेका विभिन्न स्थानमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ बैंकले मृगौलियामा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको हो । गत शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरीलाल चौधरी र सुन्दरहरैचा नगरपालिका सदस्य रामलाल गछधारले संयुक्त रुपमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे । उक्त बैंकिङ सेवाका प्रतिनिधि देवनारायण चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ सेवा सञ्चालन भएको हो ।

पोइन्ट अफ सेल मेसिनका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस  सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ।

हालसम्म सन्राइज बैंकले १३० वटा शाखा, ४७ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएममार्फत आफ्ना ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानmमा पनि बैंकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाइएको छ ।