काठमाण्डौ । तपाईले जतिको मोवाइल रिचार्ज गर्नुभएको छ, त्यति नै क्यास ब्याक पाउने कल्पना गर्नुभएको छ ? झट्ट सुन्दा यो अपत्यारिलो लाग्न सक्छ, तर ग्लोबल कि टेक्नोलोजी प्रालि नामको एक कम्पनीले रिचार्जर(Reecharger) नामको एप्स सार्वजनिक गर्दै मोवाइल रिचार्ज गर्दा सतप्रतिशत क्यासब्याक दिइने दाबी गरेको छ । 

मोबाइल एप्स रिचार्जरमार्फत  मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याक पाउने र क्यासब्याकमार्फत जम्मा भएको रकम सपिङमा खर्च गर्न सकिने

ग्लोबल कि टेक्नोलोजी प्रालिले बजारमा ल्याएको मोबाइल एप्स रिचार्जरमार्फत  मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याक पाउने र क्यासब्याकमार्फत जम्मा भएको रकम सपिङमा खर्च गर्न सकिने बताएको छ । 

एन्ड्रोइडको प्ले स्टोरमा  र आइओएसमा उपलब्ध यो एप छोटो अबधिमा नै २५ हजार भन्दा बढीले डाउनलोड गरिसकेको कम्पनीको दाबी छ । 

फेसबुक, इन्स्टाग्राम तथा बिभिन्न वेबसाइटका १०० भन्दा बढी प्रमाणित बिक्रेताहरुका उत्पादन एउटै एप्स रिचार्जरबाट सपिङ गर्न सकिने तथा नेपालभरी डेलिभरी गरिने ग्लोबल कि टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । 

अनलाइन खरिदकर्ता र बिक्रेताकाबीच समन्वय गर्दै छिटो छरितो र शुलभ मूूल्यमा देशैभर सामान डेलिभरी गर्न सकिने ग्लाइडरले बताए । समय र पैसाको बचत सँगै देशको अर्थतन्त्रलाइ मजबुत बनाउने लक्ष्यका साथ युवाहरुको पहलमा तयार गरिएको नेपाली एप रिचार्जरलाई अनलाइन सपिङ हबको रुपमा अगाडि बढाइएको कम्पनीले जनाएको छ । 

रिचार्ज गर्दा पाउने रकमबाट बिना झञ्झट घरमै बसेर फिल्म हलको टिकट, होटल बुकिङ, प्लेनको टिकट बुकिङ, रेष्टुरेन्ट, अनलाइन सपिङ तथा एप्सले दिने अन्य सुबिधा लगायतका  कार्यहरुमा खर्च गर्न सकिने ग्लाइडरले बताए । 

इसेवा, एससिटी कार्ड, ग्लोबल आइएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्र्रे बैंक, एनआइसी एसिया बैंक र प्रभु बैंकबाट अनलाइन रिचार्जका साथै अनलाइन पेमेन्ट गर्नुका साथै अर्डर गरिएको सामान क्यास एण्ड डेलिभरीमा पनि भुक्तानी गर्न सकिने ग्लोबल किले जनाएको छ ।

एन्ड्रोइड फोनमा जुनसुकै तरिकाबाट रिचार्ज गरेपनि क्यास ब्याक पाइने तथा आइओएसमा रिचार्जर एपबाटै रिचार्ज गर्दा १०० प्रतिशत क्यासब्याक पाइने छ ।