काठमाण्डौ । यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत दोस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही मोहेदिन मिया ठकुरीले प्राप्त गरेका छन् । 

सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा कतारस्थित कतार युएईबाट नेपालमा पैसा पठाउने ठकुरी भाग्यशाली विजेता छनोट भएका हुन् । 

भाग्यशाली विजेता ठकुरी वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छलाख बराबरको जीवन बीमा प्राप्त गर्ने आइएमईले जनाएको छ । 

यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राही मूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’मा ९०० सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेका बताइएको छ । 

मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालन हुने सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउने  सेवाग्राहीमध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छ।