काठमाण्डौ । बहुप्रतिक्षित मौद्रिक नीति बुधबार दिउँसो सार्वजनिक हुने भएको छ । 

नेपाल राष्ट्रबैंकले बुधबार दिउँसो २ बजे र्याडिसन होटलमा एक समारोहका बीच मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय भएको गभर्नर डा. चिरञ्जिवी नेपालले बिजशालालाई बताए । 

नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति असार पहिलो साता नै सार्वजनिक गर्ने बताएको थियो । तर, प्रदेश सरकारहरुको बजेटको

अध्ययन तथा कतिपय विषयमा अर्थमन्त्रीले समेत चासो राखेपछि थप समय लागेको बताइएको थियो । 

मौद्रिक नीतिमा के के कुरा आउँदैछ त ? यो समाचार पढ्नुहोस्:

यस्तो आउँदैछ मौद्रिक नीति !