काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीति निर्माणको कामलाई तीव्र पारेको छ । 

सकेसम्म जेठ मसान्तभित्रै र सो अवधिमा नसकिए ढिलोमा असार पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकको तयारी छ । 

अहिले मौद्रिक नीतिको बिषयमा विभागीय स्तरको छलफल चलिरहेको छ । ‘त्यसपछि व्यवस्थापन समितिमा छलफल हुन्छ ।’ राष्ट्रबैंकका प्रवक्ता नारायण पौडेलले भने–‘त्यसपछि बोर्डमा जान्छ । बोर्डमा २–३ चरणको छलफल भएपछि मात्र बल्ल मौद्रिक नीति सार्वजनिकका लागि तयार हुन्छ् ।’ 

उनले सकेसम्म जेठ मसान्तमै, र नसके पनि असार पहिलो सातासम्म मौद्रिक नीति ल्याउने केन्द्रीय बैंकको तयारी रहेको खुलाए ।