काठमाण्डौ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाइड्रो र पर्यटन मुलुकको आर्थिक विकासका मेरुदण्ड भएको बताएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सव तथा सक्रान्ति मेलालाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले सो कुरा बताएका हुन् ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले एक जिल्ला एक उत्पादन(ओडीओपी) कार्यक्रम संचालन गरेको उल्लेख गर्दै म्याग्दीमा कृषि उत्पादनका अतिरिक्त खनिज पदार्थको उत्पादन र प्रशोधनको उत्तिकै सम्भावना रहेको उल्लेख समेत गरे । 

मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोही संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अब सबैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको ¬¬तर त्यसका लागि झञ्झटिला परम्परागत कानुनमा समयानुकुल संसोधन आवश्यक रहेको कुरा जोड दिए ।

रेमिटेन्स भित्राउने जिल्लाको रुपमा म्याग्दी अग्रणी रहेको बताउँदै यसरी भित्रिने रेमिटेन्सलाई सामूहिक लगानीमा आकर्षित गरी म्याग्दीको आर्थिक विकासमा लगाउन सबैसंग आग्रह समेत गरे ।

आइएमई ग्रुप एक व्यवसायीक संस्थाहो । यसले रेमिटेन्स, बैंकिङ, सूचनाप्रविधि, पर्यटन, उर्जा, अटोमोवाइल, इन्सोरेन्स लगायतका क्षेत्रमा लगानी बिस्तार गर्दै आइरहेको छ ।