काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा म्याग्दी जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

एक्स्टेन्सन काउण्टरको हिजो आइतबार म्याग्दीका प्रमुख जिल्ला अधिकृत ज्ञाननाथ ढकालले एक समारोहबीच उद्घाटन गरे । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले म्यादी प्रशासनमा पनि सेवा विस्तार गर्न सफल भएको हो ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र प्रशासनको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीय तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०५ वटा शाखा कार्यालय, १५२ वटा एटिएमः, ४५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।