काठमाण्डौ । अटोमेटिक कार अहिले धेरैको आकर्षण बन्न थालेको छ। तर अझै पनि म्यान्युअल गियरबक्स कार चलाउनेको संख्या नेपाल अत्याधिक छ।

म्यान्युअल गियरबक्स कार चलाउँदा धेरैजसो यस्ता गल्तीहरु गर्छन्, जसले गाडी र चालक दुवैलाई नोक्सानी पुर्याउन सक्छ । यहाँ हामी तपाइँलाई यस्ता ५ गल्तीहरुका बारेमा जानकारी गराउन गइरहेका छौँ, जुन म्यान्युअल गियरबक्स कार चलाउँदा कहिल्यै गर्न हुन्न ।

१. म्यान्युअल गियर कार चलाउने धेरैजसो चालकको एउटा हात स्टेयरिङ र अर्को हात गियर लिभरमा राखिएको हुन्छ । गियर लिभरको प्रयोग हात राख्नका लागि गर्न हुन्न ।

विशेषगरी म्यान्युअल ट्रान्समिसनका क्रममा हामीले केवल गियर लिभर देख्छौँ । तर यसको पछाडिको फङ्सनिङ देख्दैनौँ । गियर लिभरले गियर चेन्ज गर्ने बेला स्थिर रहने सेलेक्टर फर्क रोटेटिङ कलरतिर दबाब दिन्छ र कलर गियरलाई त्यो पोजिसनतिर दबाउँछ । जसबाट हामी ड्राइभ गर्न चाहन्छौँ । गियर लिभरमा हात राख्दा सेलेक्टर फर्क रोटेटिङ कलरको सम्पर्कमा आउन सक्छ र गियर चेन्ज गर्ने आशंका बनिरहेको हुन्छ । यसका कारण कार चलाउने क्रममा आफ्नो हात स्टेयरिङ ह्विलमै राख्नुपर्छ । यसले चालक र गाडी दुवै सुरक्षित रहन्छन् ।

२. कारको क्लच पेडलमा आफ्नो खुट्टाको राखिराख्न हुँदैन । यस्तो गर्दा इन्धनको खपत अत्याधिक हुन्छ । किनकि यसले ट्रान्समिसन एनर्जीलाई नोक्सान हुन सक्ने आशंका रहन्छ । साथै यदि अचानक ब्रेक लगाउन आवश्यक भयो भने हडबडाहटमा ब्रेकको सट्टाट क्लच दबाउने सम्भावना बढी हुन्छ । जसका कारण दुर्घटना हुन सक्छ । त्यसैले डेड पेडलको प्रयोग गर्नु नै उत्तम हुन्छ, जुन क्लच पेडलको नजिकै हुन्छ ।

३. स्पट सिग्नमा यदि कारको इन्जिन बन्द गर्न चाहनुहुन्न भने न्युटलमा राख्दा राम्रो हुन्छ । स्टप सिग्नलमा कारलाई गियरमै छोड्दा सिग्नल ग्रिन हुनुअगावै क्लचबाट खुट्टा स्पिल हुने सम्भावना हुन्छ । यसबाट कार आफैँ अगाडि बढ्न सक्छ र दुर्घटना हुन सक्छ ।

४. स्पिड बढाउने क्रममा गियरलाई स्पिडको हिसाबले राख्नुहोस् । तल्लो गियरमा कार अधिक स्पिडमा कुदाउँदा इन्जिमा दबाब पर्न सक्छ र ठूलो आवाज आउन थाल्छ । यसले इन्धन अत्याधिक खपत हुनुका साथै इन्जिनमा छिटै खराबी आउने सम्भावना हुन्छ । कारको गियर जहिले पनि उचित इन्जिन आरपीएम (रेभोल्सुसन प्रति मिनेट) मा बदल्नुपर्छ । त्यहीअनुसार एक्सिलेटेर पनि दबाउनुपर्छ ।

५. सामान्यता उकालो सडकमा कार चलाउने क्रममा चालकले क्लचलाई दबाएर राखेको पाइन्छ । जुन गलत हो । यस्तो गर्दा कार बिना गियरको हुन जान्छ । यसरी क्लच दबाएर राख्दा उकालो सडकमा ट्राफिक जामका बेलामा अगाडि बढ्नुपर्दा एक्कासि कार पछाडि जान सक्छ ।

कारलाई उकालो उडकमा अगाडि बढाउने क्रममा गियरमै राख्नुपदर्छ । क्लचलाई केवल गियर चेन्ज गर्दामात्र प्रयोग गर्नुपर्छ । यसलाई लगातार खुट्टाले दबाएर नराख्नु नै उत्तम हुन्छ । –एजेन्सी