काठमाण्डौ । म्युचुुअल फण्ड(सामूहिक लगानी कोष)को इकाई निश्कासनमा दुुई कम्पनीबीच होड चलेको छ । एनआइसी एशिया क्यापिटल लिमीटेड र सिटिजन्स बैंकको सहायक कम्पनी सिबीआइएल क्यापिटल लिमीटेडबीच म्युचुुअल फण्डको इकाई निश्कासनको होड चलेको हो । 

एनआइसी एशियाको पहिलो म्युचुुअल फण्ड एनआइसी एशिया ग्रोथ स्किमलार्ई धितोपत्र बोर्डले पुस ११ गते इकाई निश्कासनको अनुमति दिएको थियो । सिटिजन्स म्युचुुअल फण्ड अन्तरगत संचालन हुने सिटिजन्स म्युचुुअल फण्ड १ लाई बोर्डले पुस १७ गते इकाई निश्कासनको अनुमति दिएको थियो । 

एनआइसी एशिया भन्दा ढिलो गरी इकाई निश्कासनको अनुमति पाएको सिटिजन्सले ऊसँग टक्कर लिने उद्देश्य राखेर एनआइसी एशियाकै मितिमा इकाई निश्कासनको घोषणा गर्दै आह्वानपत्र प्रकाशित गरेको हो । 

सिटिजन्स म्युचुुअल फण्ड १ को १० रुपैयाँ दरका १० करोड इकाईहरुको निश्कासन पनि अब माघ २ गतेदेखि नै हुनेछ । इच्छुक लगानीकर्ताले मा ७ गतेभित्र(छिटोमा) इकाई खरीदका लागि आवेदन दिइसक्नुुपर्नेछ । सो अवधिमा मागजति आवेदन नपरे ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । 

कुल निश्कासन हुने १० करोड इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईको सार्वजनिक निश्कासन गरिएको बताइएको छ । 

कुल १ अर्ब रुपैयाँको स्किममा बढी आवेदन परे २५ प्रतिशतसम्म आकार बढाउन सकिनेछ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् ।

आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा तिनका शाखाबाट दरखास्त फारम लिने तथा दर्ता गर्ने काम गर्न सकिनेछ ।