काठमाण्डौ । यति एयरलाइन्सद्वारा नेपालस्थित युनाइटेड नेसन्ससँगको सहकार्यमा बिहीबार दिर्घकालिन विकास योजनार्थ सामान्य सार्वजनिक जागरुकता अभियानको थालनी गरेको छ । 

एयरलाइन्सले अभियानअन्तर्गतका आफ्ना १७ लक्ष्यसहितका दुुई नयाँ एयरपोर्ट शटल बस पनि सार्वजनिक गरेको छ । विमानस्थलमा टर्मिनल र विमानबीचको यात्रा गर्दा ह्याण्डि(सहज) एसडीजी फ्लायर्स र लिफलेटसहितका यी बसहरुले हवाई यात्रुहरुलाई दिर्घकालीन विकास योजनाअन्तर्गतका आफ्ना लक्ष्यका बारेमा जानकारी दिनुका साथै, यसको प्राप्तिका लागि तिनले गर्न सक्ने सहयोग तथा कार्यका बारेमा सुसुचित गर्ने आशा गरिएको छ ।

एसडीजी जानकारीसहितका बस सार्वजनिक गर्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित आन्तरिक(डोमेस्टिक) टर्मिनलमा आयोजित कार्यक्रममा बोल्दै यति एयरलाइन्सका प्रमुुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले भने–‘यसले ग्लोबल कजका लागि हाम्रो र नेपाल स्थित यूनाइटेड नेसन्सबीचको सहकाय इगिंत गर्छ।’ दिर्घकालिन विकास योजनाका लागि थप पहल सहितका घोषणा पनि चाँडै गर्ने जानकारी दिँदै उनले यो सहकार्यले अन्य निजी क्षेत्रका कम्पनीले समेत योजना साकार पार्नका लागि पहल गर्न प्रेरणा प्रदान हुने आशा ब्यक्त गरे ।

नेपाल लगायत यूएन सदस्य राष्ट्रहरुले एसडीजी सन् २०१५ मा आत्मसाथ गरेका छन् । यसअन्तर्गत सन् २०३० सम्ममा  समस्त जनताका लागि गरिबी निवारण गर्दै समानता सहितको सुखी, सुरक्षित विश्व स्थापना गर्ने साझा लक्ष्य लिइएको छ । एसडीजीको यो लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रलाई प्रमुख पार्टनरका रुपमा लिइएको छ । 

एसडीजीको सफल कार्यान्वयनका लागि निजी क्षेत्रसंग पर्याप्त श्रोत, प्रविधि र नवप्रबद्र्धनको पर्याप्त सम्भावना रहेको कार्यक्रममार्फत जानकारी दिइयो ।

‘एसडीजी लक्ष्य प्राप्तिका लागि जागरुकताका लागि नवप्रबर्तनात्मक योजना सहित नयाँ पार्टनर यती एयरलाइन्सका रुपमा पाउँदा हामी निकै हौसिएका छौँ ’ यूएनडीपीका कन्ट्रि डिरेक्टर रेनाउड मेयरले भने, ‘सर्वसाधारणलाई एसडीजीका बारेमा जानकारी दिनसहकार्य तथा समन्वयका लागि वातावरण बनाउन यस्ता सहकार्यले उल्लेख्य योगदान दिने हामीले आशा बोकेका छौँ ।’

एसडीजी सम्बन्धित महत्वकांक्षी योजनाको सफलताका लागि सबैको प्रतिबद्धता र सहयोगको आवश्यकता पर्ने बताउँदै यसका लागि सबैबाट आवश्यक सहयोग प्राप्त हुने मेयरले विश्वास ब्यक्त गरे । ब्यवसायहरुलाई ‘गो ग्रिन’, मानव अधिकारको सम्मान, उर्जामैत्री लगायत एसडीजी सम्बद्ध नियमको पालना गर्न चौतर्फी दवाबका बीच तिनको उचित पालना तथा कार्यान्वयनका लागि समेत सहयोगी हुने उनले जानकारी दिए । नेपाली जनताको सुरक्षित तथा समृद्ध भविष्यका लागि यूनाइटेड नेशन्स ईन नेपाल विभिन्न सरोकारवालाहरुसंग सहकार्य गर्न तयार रहेको उनले बताए ।

एसडीजीसँग सम्बन्धित सतर्कता जगाउनुका साथै यो सहकार्यले उड्ययन क्षेत्रमा रहेका नयाँ सम्भावना, नवप्रबर्तनलाई प्रोत्साहन गर्नुका साथै वातावरण परिवर्तन अनुकुलन, गरिबी निवारण तथा लैगिंक समानतामा समेत उल्लेख्य सहयोग पुुग्ने आशा गरिएको छ ।