काठमाण्डौ । नेपालमा दिगो विकास लक्ष्य(एसडिजि)का बारेमा सर्वसाधारण माझ जनचेतना जगाउने उद्देश्यले यती एयरलाइन्सले नेपालस्थित संयुक्त राष्ट्रसंघसंगको सहकार्यमा एसडिजि लोगो अंकित नयाँ बोर्डिङ पास सार्वजनिक गरेको छ । 

११ जुलाईनमा एसडीजीको ब्राण्डिङसहित सार्वजनिक गरिएको नयाँ बोर्डिङ पासमा  एसडिजिका दिगो विकास लक्ष्य अन्तर्गतका १७ बुँदाहरुमा विशेष जोड दिइएको छ । नेपालमा दिगो विकास लक्ष्यका बारेमा सर्वसाधारणमाझ जनचेतना जगाउने सोचका साथ यो प्रयास गरिएको जानकारी दिइएको  छ ।

सन् २०१५मा नेपाल लगायत यूएन सदस्य राज्यद्वारा अंगीकरण गरिएको एसडीजी सन् २०३० सम्ममा सबै प्रकारका संसारभरका जनताको गरीबीको उन्मुलन, समग्र विश्वको समृद्धिसहित एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना हो । 

एसडीजीले आफ्ना उपलब्धीका लागि निजी क्षेत्रसंगको सहकार्यलाई प्राथमिकता दिएको छ ।

मे महिनामा यूएन नेपाल र यती एयरलाइन्सले नेपालमा एसडीजीको प्रचार र उपलब्धीका लागि सहकार्यको सम्झौता गरेका थिए ।