काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो दसैं योजना ‘क्यास–इन–ओ’ को बम्पर पुरस्कार विजेता घोषणा गरेको छ । 

जस अन्तर्गत भैरहवाका शिवराज थारुले लकी ड्रमार्फत् यामाहाको तर्फबाट ब्रान्ड न्यु स्कोडा -यापिड कार जितेका छन् । 

लकी ड्रको प्रसारण यामाहा नेपालको आधिकारिक फेसबुक पेज र हिमालय टेलिभिजनको कार्यक्रम द इभिनिङ सो एट ६ मा गरिएको थियो । 

लकी ड्रमा एमएडब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा यामाहा मोटरसाइकलका ब्रान्ड एम्बेसेडर शरद भेषावकरको पनि उपस्थिति थियो । भेषावकरले दसैं योजना सुरु भएयता यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकको नाम राखिएको बक्सबाट शिवराज थारुको नाम निकालेका थिए । 

थारुले युरोपमा सबैभन्दा बढी रुचाइएको स्कोडा -यापिड कार जितेका कम्पनीले जनाएएको छ । उनले भैरहवास्थित किस्मत अटोमोबाइल्सबाट यामाहा एफजी–एस एफआई स्पेसियल एडिसन खरिद गरेका थिए ।

यामाहाको दसैं योजना भदौको दोस्रो साताबाट सुरु भएर कात्तिक मसान्तमा अन्त भएको थियो । यो योजनाअनुसार यामाहाका ग्राहकले सात हजार रुपैयाँ नगद छुट र साप्ताहिक लकी ड्रमा एक लाख रुपैयाँसम्म जित्ने अवसर समेत पाएका थिए । यामाहाले सोमबार नै बम्पर पुरस्कारसँगै अन्तिम साप्ताहिक लकी ड्रको समेत आयोजना गरेको छ । सो लकी ड्रमा काठमाडौंका दिनेश पोखरेलले एक लाख रुपैयाँ नगद जितेका छन् । उनले त्रिपुरेश्वरस्थित यामाहा सोरुमबाट यामाहा एफजी एस एफआई खरिद गरेका थिए । उनीसहित ११ जनाले यामाहाको तर्फबाट एक एक लाख रुपैयाँ जितेका कम्पनीले जनाएको छ । 

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, स्यालुटो लगायतका मोडल उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बनेको कम्पनीको दाबी छ । 

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक  फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइने कम्पनीका इञ्जिनियरहरुको दाबी छ ।