काठमाण्डौ । यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रुपमा मनाउने भएको छ । 

मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले ‘स्कुटर डे’ मनाउन लागेको हो । 

‘स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउँछ । त्यसैले, सबैलाई मनपर्ने साधन स्कुटरको समपर्णमा हामीले स्कुटर डे मनाउने निर्णय गरेका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने । ‘स्कुटर डे’ यामाहाले गत साता सुरु गरेको ‘एसस्कुटर’ अभियानकै एउटा हिस्सा हो । 

निःशुल्क ‘स्कुटर वास’
स्कुटर डेका अवसरमा देशभरि विभिन्न कार्यक्रमको आयोजना हुनेछ जसमध्ये निःशुल्क स्कुटर वास एउटा हो । स्कुटर डेमा राइडरहरुले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निशुल्क वास गर्न सक्ने सविधा दिइनेछ ।

‘हामीलाई आशा छ राइडरहरुले अभुतपूर्व अनुभव गर्नुहुनेछ । यामाहाको सर्भिस सेन्टरमा सबै ब्रान्डको स्कुटरको वास, त्यो पनि निशुल्क,’ यामाहाका सर्भिस हेड शरद मिश्रले भने । उनले सबै स्कुटर राइडरहरुलाई स्कुटरको हेरचाह, मर्मत, सर्भिसिङ गरेर र स्कुटरसँगको ‘बेस्ट मोमेन्ट’ सेयर गरेर ‘स्कुटर डे’ मनाउन अपिल समेत गरेको छ । 

ट्राफिकलाई दुई वटा स्कुटर
‘स्कुटर डे’कै दिन आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्नेछ । ‘हाम्रो यो सानो प्रयासले काठमाडौंको ट्राफिक व्यवस्थापनमा थोरै मात्र भए पनि सहयोग पुग्ने अपेक्षा हामीले गरेका छौ.,’ पोखरेलले भने । त्यसैगरी, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रणी सम्भवतः नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । 

‘स्कुटर डे’मा यामाहाले काठमाडौंका पाँच स्थान (बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, कुमारीपाटी र जडिबुटी) र यामाहा नेपाल तथा एसस्कुटर अभियानको फेसबुक पेजबाट पनि सडक सुरक्षासम्बन्धी सचेतना फैलाउने कार्यक्रमको आयोजना गर्नेछ ।