बेइजिङ । चीनले सिनजियाङ प्रान्तमा लामो दाह्री पाल्न र सार्वजनिक स्थानमा नकाब लगाउन प्रतिबन्ध लगाएको छ ।

यो निर्णयलाई इस्लामिक कट्टरवादी विरुद्धको अभियान भनिएको छ । वृद्धहरुलाई भने यो प्रतिबन्ध लागू हुने छैन ।

सिनजियाङमा उइगुर मुसलमान समुदायको बाहुल्य छ ।आफूले राज्यबाट विभेदको सामना गर्नुपरेको उक्त समुदायले बताउँदै आएको छ ।

केही बर्षयता यहाँ हिंसात्कम घटना हुँदै आएको छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।