काठमाण्डौ । विजिनेशको मैदानमा मारवाडी समुदाय निकै सफल हुन्छन् । यसको कारण के होला ? एक विदेशी लेखक थोमस ए. टिबर्गले The Marwaris: From Jagath Seth to the Birlas मा मारवाडी समुदाय व्यापारमा सफल हुने कारणको बिषयमा प्रकाश पारेका छन् । किताबका अनुसार मारवाडी समुदायभित्र ७ गुण हुन्छ, यही कारण विजिनेशको दुनियाँमा उनीहरु निकै लामो समयसम्म यात्रा गर्न सफल हुने रिपोर्ट इकोनोमिक टाइम्सले प्रकाशन गरेको छ । 
यी हुन्  मारवाडी समुदाय सफल हुने कारण :

पैसामा नजर
मारवाडी समुदायले विजनेश मात्र गर्दैनन् विजिनेशको छुट्टै ग्रुप पनि बनाउँछन् । उनीहरु लगानी यस्तो ठाउँमा गर्छन्, जुन लङ टर्ममा निकै फाइदा दिने खालको हुन्छ । जहाँ यो समुदायले सेयर हाल्छ, त्यहाँ उनीहरुको निकै गहिरो र चनाखो नजर हरदम रहिरहन्छ । 

कर्मचारीसँग राम्रो डिल
विजिनेश एक्लो जोडबलले मात्र चल्दैन । यसका लागि तपाईंले आफ्नो प्रतिनिधि बनाउनुपर्ने हुन्छ । कर्मचारीहरुप्रति तपाईंले विश्वास त गर्नैपर्छ, उति नै उनीहरुको गतिविधिमा समेत ध्यान दिनुपर्ने हुन्छ । कुन विषयमा कुन बेला दख्खल दिने र कुन बेला कस्तो व्यवहार गर्ने भन्ने बिषय तपाईंलाई थाहा हुन आवश्यक हुन्छ । कतिपय समयमा कारणबिना कर्मचारीलाई किच्किच् गर्नु निकै महंगो पर्नसक्छ, यस्तो कुराबाट जोगिनुपर्छ । कुनै कर्मचारी असन्तुष्ट हुन्छ भने त्यसलाई हटाइदिनु नै उत्तम हुन्छ, ताकि भोलिका दिनमा त्यही कर्मचारी तपाईंको बागी नबनोस् । यस्तो अवस्थामा खालि रहेको ठाउँमा परिवारको कुनै निस्क्रिय सदस्य वा कम्पनीको कुनै कार्यकारीलाई जिम्मेवारी दिनु उत्तम हुन्छ । यी सारा काममा मारवाडी निकै निपुण हुन्छन् । 

योजना
कुनै योजनामाथि काम गर्ने सोंच बनाउनुभएको छ त्यस बिषयमा निकै ध्यान दिनुपर्ने हुन्छ । त्यसको शैली र सिस्टममा पनि ध्यान दिनुपर्छ । योजना बनाएर मात्र काम चल्दैन, बरु सो बिषयलाई सही ढंगले कार्यान्वयनमा ल्याउनु पनि जरुरी हुन्छ । यस्तो क्षमता मारवाडी समुदायमा हुन्छ । 

विजिनेश फैलाउनुहोस्, सिस्टमको ग्रोथ रोकिन नदिनुहोस्
एक सफल व्यापारीको मुख्य विशेषता आफ्नो विजिनेशलाई बिस्तार गर्नु पनि  हो । कयौं कम्पनी बिस्तारको योजना त बनाउँछन, तर त्यसको कार्यान्वयन गर्दैनन् । यो निपुणता पनि मारवाडीहरुमा हुन्छ । 

उपयुक्त कर्पोरेट कल्चर
कुनै पनि फर्म वा ग्रुप कल्चर मार्केट अर्थात समय अनुसार हुन आवश्यक छ । कम्पनीको कर्पोरेट कल्चरले कर्मचारीहरुमा वफादारीको भावना पैदा गर्छ । फाइनान्सियल इन्सेन्टिब्स मात्र सबै समय काफी हुँदैन, यसले मात्र काम गर्दैन । समय अनुसार  परिवर्तन वा व्यवस्थापन गर्नुपर्ने हुन्छ, यी गुण समेत मारवाडी समुदायमा हुन्छ । 

क्रेजमा नजानुहोस्
मार्केटमा कुन चिजप्रतिको क्रेज छ, त्यसमा कहिल्यै नजानुहोस्, किनभने क्रेजको आयु निकै छोटो हुन्छ । राम्रो ढंगले विचार गरेपछि मात्र उपयुक्त कदम उठाउनुपर्छ । यदि बजारको क्रेजको हिसाबले प्रोडक्ट तयार गरिन्छ भने केही  समयका लागि राम्रै फाइदा त होला, तर दीर्घकालमा नोक्सानी व्यहोर्नुपर्छ । 

नयाँ विकास अपनाउनबाट नचुक्नुहोस्
विजिनेशमा सफल बन्नका लागि समयअनुसार चल्नु निकै महत्वपूर्ण हुन्छ । मौकालाई यदि गुमाउनुभयो भने विजिनेशमा सफलताको चान्स निकै कम हुन्छ । समयको साथमा रहनुहोस्, पछिल्ला प्रविधिहरुलाई अपनाएर अगाडि बढे मात्र सफल भइन्छ । यी सबै गुण मारवाडीहरुमा हुन्छ ।