काठमाण्डौ । पर्यटकलाई आकर्षित गरी राम्रो आम्दानी गर्न खप्पीस चीनले एउटा नयाँ प्रयोग गरेको छ । दक्षिणपश्चिम चीनको चोङङिङ नगरपालिकाले  रंगीन र आकर्षक नागबेली सडक बनाएर आन्तरिक पर्यटकलाई लोभ्याउने सफलता प्राप्त गरेको छ । 

कुल १८५ मिटर लम्बाई तथा ५ मिटर चौडाईको यो आकर्षक सडकमा कारको लहर देखेर जोकोहीको मन लोभ्याइदिन्छ । 

नागबेली र रंगीचंगी सडकमा कार लाइन लेखेको दृश्यले मानिसलाई पुरानो सर्पको खेलको याद दिलाउने त्यहाँ पुुग्ने पर्यटकले बताउने गरेका चिनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

 

सुरक्षाको कारणले यो सडक खण्डमा चालकले आफ्नो सवारीसाधन प्रतिघण्टा ५ किलोमिटरको गतिमा मात्र कुदाउन पाउनेछ ।

यही सडकमा सर्पको पुरानो खेलको अनुुभव हासिल गर्दै सवारी कुदाउनैका लागि चीनका अन्य क्षेत्रका पर्यटन त्यहाँ पुुग्ने गरेका समाचारमा उल्लेख छ ।