काठमाण्डौ । धेरै मानिसहरुका लागि घर तथा शानदार गाडी सपना हुन्छ । तर, जीवनका कैयन जिम्मेवारी यो सपनाको बाधक बनेर आउँछन् । तर राम्रो ढंगले योजना बनाउने हो भने घर तथा गाडी खरीद निकै सजिलो हुनसक्छ । हामी आज तपाईलाई यस्तै योजनाको बिषयमा बताउन गइरहेका छौ, जसको माध्यमबाट बचत गरेर तपाईले आफ्नो घर र गाडीको सपना पूरा गर्न सक्नुुहुन्छ । 

इदि तपाईले २५ वर्षको उमेरमा जागिर खान सुरु गर्नुभयो र १० वर्षपछि तपाईको साथमा कार तथा १५ वर्षपछि घर होस् भन्ने चाहना राख्नुुभयो भने यसका लागि तपाईले योजना बनाउनुपर्ने हुन्छ । जुन कार आजको समयमा १५ लाख मूल्य पर्छ, १० वर्षपछि त्यसको मूल्य २२ लाखसम्म बढ्नसक्ला । यस्तै प्रकारले जुन घर तथा फ्ल्याट आज ३० लाख पर्छ, यसको १५ वर्षपछि ४० लाख पर्ला । यो अनुमान महंगीको दर ५ प्रतिशतको  हाराहारीमा होला भनेर लगाइएको हो । 

सुरुवातमा कति लगानी गर्नुपर्ला ?
यदि तपाईले जागिर खाएको समयदेखि नै मासिक १० हजारको हाराहारीमा लगानी गर्न थाल्नुुभयो भने तपाईको दुवै सपना पूरा हुनेछन् । यो लगानी २ हिस्सामा बाँडेर कार तथा घर आरामले खरीद गर्न सकिन्छ । राम्रो रिटर्नका लागि म्युुचुुअल फण्ड तथा लगानीका यस्तै सुुरक्षित विकल्पमा पैसा लगाउनुपर्ने हुन्छ । 

कसरी योजना बनाउने ? 
यदि १० वर्षसम्म कार खरीद गर्ने चाहना हो भने मासिक न्यूनतम १० हजार लगानी गर्नुहोस् । विज्ञहरुका अनुसार यो लगानी बढेर १० वर्षसम्म १५ लाख भन्दा माथि हुनेछ । राम्रो रिटर्न आयो भने १५ लाख भन्दा माथि समेत हुनसक्छ । जुन रकमबाट तपाईले सहजै कार किन्न सक्नुुहुन्छ । 

यस्तै, कारका लागि महिनाका १० हजारसँगै घरका लागि समेत त्यति नै रकम छुट्याउँदै जानुहोस् । यो लगानीमा हरेक वर्ष २० प्रतिशत रिटर्नले हिसाब गर्ने हो भने कम्पाउण्डिङ हुँदै जाँदा १५ वर्षमा तपाईसँग घर किन्नका लागि प्रशस्त पैसा जम्मा भइसक्नेछ । यस्तै, १० वर्षसम्म कारका गरिने लगानी त्यसपछि बन्द हुने भएकोले त्यो रकम समेत घरकै लागि भनी लगानी गर्नुभयो भने यसबाट तपाईसँग अझ धेरै रकम जम्मा हुन पुुग्नेछ । 

यसरी दुवै लगानी मिलाएर १५ वर्षपछि तपाईसँग ५० लाख भन्दा बढी रकम जम्मा हुन पुुग्नेछ । यो रकमले समेत भनेजस्तो घर किन्न पुुगेन भने सानो रकम ऋण समेत लिन सकिन्छ । किनभने १५ वर्षसम्म महिनाको २० हजार रुपैयाँ जम्मा गर्ने तपाईको बानीले त्यसपछि पनि महिनाको त्यति नै रकम ऋण चुक्ता गर्नका लागि तिर्ने अवस्थामा तपाई हुनुुहुनेछ । यदि सानो रकम ५ वर्षका लागि लोन लिने हो भने मासिक २० हजार किस्ता तिर्दा तपाईले भनेजस्तो घर समेत बनाउन सक्नुुहुनेछ । यो हिसाबले २० वर्षपछि तपाईसँग बिना ऋणको आफ्नै घर हुनेछ । 

कहाँ पाइन्छ २० प्रतिशत रिटर्न ?
पछिल्लो समय हेर्ने हो भने देशमा संचालित प्राय सबै म्युुचुुअल फण्डहरुले २० प्रतिशतको हाराहारीमा रिटर्न दिएका छन् । कतिपय राम्रा कम्पनीको सेयरले समेत यो भन्दा बढी रिटर्न दिएको छ । लगानीका यस्तै उपकरणहरुमा पैसा लगाउने हो भने पूरापूरी २० वर्षभित्र तपाईको कार तथा घरको सपना सहजै पूरा हुनेछ ।