काठमाण्डौ । नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा(एमपीओएस) तथा केआइओएसके मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरु, विभिन्न बैंकका अनलाइन÷मोबाइल बंैकिंङ सेवाहरु तथा विभिन्न बैंकका भिजा कार्ड मास्टर कार्डका विकल्पहरु उपलब्ध रहेका छन् । यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीभाईबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ । यी विकल्पहरु सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेबसाइटको पेज https://www.ntc.net.np/post/online-topup मा उपलब्ध गराइएको जनाइएको छ । 

हाल कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि मुलुक पूर्णरुपमा लकडाउनको अवस्थामा रहेको हुनाले कम्पनीको रिचार्ज कार्ड बिक्री हुने स्थानसम्म पुग्न ग्राहकवर्गलाई कठिनाई हुनसक्ने उल्लेख गर्दै ग्राहकवर्गले सहजरुपमा महशुल भुक्तानी तथा टपअप गरी कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थामा केही परिमार्जन गरिएको बताएको छ । 

(क) मोबाइल भुक्तानी सेवा (एमपीओएस) तथा केआइओएसके मेसिन 
यस अन्तर्गत कम्पनीका आधिकारिक एमपीओएस सेवा प्रदायकहरु (जस्तैस्स्टेशनरी पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआइओएसके मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ । 
(ख) विभिन्न भुक्तानी सेवाका एपहरु
यस अन्तर्गत भुक्तानी सेवा प्रदायकहरु (जस्तै इसेवा,खल्ती,आइएमई पे आदि) का एपहरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ । 

 


(ग) विभिन्न बंैकका अनलाइन तथा मोबाइल बंैकिंङ सेवाहरु
यसका लागि आफ्नो खाता भएका बंैकबाट अनलाइन बैंकिगं वा मोबाइल बैंकिगंको सुविधा लिई सोही बंैकको वेबपेज वा मोबाइल एप प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ । 
(घ) विभिन्न बैंकका भिजा वा मास्टर कार्डहरु
चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड वा एटीएम कार्ड भनिने यी कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न https://cardpay.ntc.net.np/ मा लगअन गर्नुपर्दछ । सो पश्चात् आफूले रिचार्ज गर्न चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्नु पर्दछ । त्यसपछि आफ्नो कार्ड नम्बर, कार्डको अवधि समाप्त हुने मिति , कार्ड होल्डरको नाम र सीभीभी (अर्थात् कार्डको पछिल्लो भागमा छापिएको तीन अंक) तथा इमेल टाइप गरी ओके गर्नुपर्दछ । साथै, यस प्रक्रियामा ‘क्याप्चा’ र आफ्नो मोबाइल-इमेलमा आउने ६ अंकको कोड पनि प्रयोग गर्नुपर्दछ । 

माथि उल्लेख गरिएका महशुल भुक्तानी तथा टपअपका विकल्पहरुको अलावा व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरिएको छ । हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा युुएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेकोमा परिमार्जित व्यवस्था अनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिनेछ ।
 
यसका लागि मोबाइलबाट *422*SCode*MobileNumber*AmountInRupees#  डायल गर्नु पर्दछ भने यसमा उल्लेख गरिएको क्ऋइम्भ् (सेक्युरिटी कोड) प्राप्त गर्न SCODE टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्दछ । उदाहरणका लागि व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर ९८४१xxxxxx मा रु. २०० ट्रान्सफर गर्न *422*SCode*9841xxxxxx*200#    डायल गर्नु पर्दछ । युुएसएसडी कोडको अलावा नेपाल टेलिकमको मोबाइल एपबाट पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । 

यसरी व्यालेन्स ट्रान्सफर गरेपछि रकम पठाउने र रकम प्राप्त गर्ने दुबै नम्बरमा ट्रान्सफर गरिएको रकम सहितको सन्देश १४१५ बाट एसएमएस अलर्टको रुपमा प्राप्त हुन्छ । 

कम्पनीका सेवाहरुको महशुल भुक्तानीका विकल्पहरु र व्यालेन्स ट्रान्सफरमा गरिएको परिमार्जनबाट कोरोना भाइरसको कारणले सिर्जित हालको विषम परिस्थितिमा पनि कम्पनीका ग्राहकवर्गलाई सञ्चारको सुविधा उपयोग गर्न सहज हुने कम्पनीको विश्वास रहेको जनाएको  छ ।