काठमाण्डौ । कोरोनाभाइरसको महामारीले अहिले विश्वका प्रायः देश अक्रान्त छन्। यो महामारी नियन्त्रणमा लिन विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् तर अहिलेसम्म सफलता हासिल गर्न सकेका छैनन्। 

अहिलेको अवस्थामा कोरोनाभाइरस रोकथाम भनेकै सेनिटाइजर र मास्क बनेका छन्। विश्वभर अहिले यो भाइरसबाट बच्न सेनिटाइजर वा साबुनपानीले हात धुने तथा मुख र नाक छोप्ने गरी मास्क लगाउने उपायमात्र अवलम्बन गरिएको पाइएको छ। 

अहिले बजार, सडक, घर–समाज र एटीएम बुथआसपासका क्षेत्रमा कीटनाशक औषधि छर्केर सेनिटाइज्ड काम धमाधम भइरहेको छ। अत्यावश्यक कार्यालयहरु खुला रहे पनि त्यहाँका कर्मचारीलाई कार्यालय पस्नुअघि ढोकामा राखिएका सेनिटाइजरबाट हात सफा गर्न लगाउने गरिएको छ भने मास्क अनिवार्य गरिएको छ। कर्मचारी आउनुअघि हरेक दिन कार्यालयका हरेक कोठा सेनिटाइज्ड गर्ने गरिन्छ।

ज्यानमारा यो भाइरसको जीवाणु पनि चीजको सतहसम्म बाँच्न सक्छ। श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने यो भाइरसको जीवाणु खोक्दा र हाछ्युँ गर्दा नाक र मुखबाट निस्किने ससाना छिट्टाबाट फैलिन्छ। 

वैज्ञानिकहरुका अनुसार मानिसले एकपटक खोक्दा करिब ३ हजार छिट्टा बाहिर निस्किन्छ। यी ससाना छिट्टा आसपास रहेका विभिन्न वस्तुको सतहमा खस्छ। यी छिट्टा साह्रै शूक्ष्म हुने भएकोले हावा पनि तैरिन सक्ने वैज्ञानिकहरु बताउँछन्।

त्यसैले यदि कोरोना संक्रमित कुनै बिरामीले खोस्छ वा हाछ्यूँ गर्छ भने आपसपासको माहौल संक्रमित गरिदिन्छ। 

त्यसैले अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बारम्बार कोरोना रोकथामका लागि आसपासको वातावरण कीटाणुमुक्त बनाउन आवश्यक रहेको जनाउँदै आएका छन्। 

यद्यपि अहिलेसम्म यो यकिन भइसकेको छैन कि बाहिर सतहमा फैलिएको कोरोनाभाइरसको जीवाणुबाट कतिजना संक्रमित भएका छन्। अहिलेसम्म यो पनि स्पष्ट भइसकेको छैन कि यो भाइरस मानिसको शरीरबाहिर कतिबेरसम्म जीवित रहन्छ। 

कोरोना प्रजातिकै अन्य भाइरस जस्तै सार्स र मर्सको जीवाणु फलाम, सिसा र प्लास्टिकमा ९ दिनसम्म जीवित रहने गरेको शोधकर्ताहरु बताउँछन्। यो भाइरस कम तापक्रम भएको ठाउँमा २८ दिनभन्दा बढी समयसम्म जीवित रहने उनीहरुको भनाइ छ। 

यो भाइरस भने कुनै पनि वस्तुको सतहमा कतिबेरसम्म जीवित रहन्छ भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ। 

अमेरिकी नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) की अनुसन्धानकर्ता नीलेज वान डोरमलेन र उनको टोलीले गरेको अनुसन्धानबाट कुनै पनि संक्रमित व्यक्तिबाट खोक्दा वा हाछ्यूँ गर्दा निस्किने छिट्टाबाट बाहिर यो भाइरसको जीवाणु हावामा तीन घन्टासम्म जीवित रहने पत्ता लागेको छ। डोरमलेनको अनुसन्धानले यो भाइरसको जीवाणु ओढ्ने र ओछ्याउनेमा २४ घन्टासम्म, प्लास्टिक तथा फलाममा २ देखि ३ दिनसम्म जीवित रहने पत्ता लगाएको छ। 

यसको जीवाणु तामाका वस्तुमा भने जम्मा ४ घन्टासम्म मात्र जीवित रहने डोरमलेनले जानकारी दिइन्।

डोरमलेनको यो अनुसन्धानले ६२–७१ प्रतिशत रक्सी (अल्कोहल) मिश्रित सेनिटाइजरले कोरोनाभाइरसलाई एक मिनेटमै निष्क्रिय पार्न सक्ने देखाएको छ। यसलको ०.५ प्रतिशत हाइड्रोजनपरोक्साइड ब्लिच या ०.१ प्रतिशत सोडियम होइपोक्लोराइट वाली घरेलु ब्लिचबाट यो भाइरसलाई मार्न सकिने अनुसन्धानले देखाएको छ। 

कपडाको सतह तुरुन्त कीटाणुरहित बनाउन केही मुस्किल रहेको अनुसन्धानले देखाएको छ। यद्यपि कपडामा यो भाइरसको जीवाणु कतिबेरसम्म जीवित रहन्छ भन्ने कुरा निक्र्यौल भइसकेको छैन। – एजेन्सी