काठमाण्डौ । संयुक्त राष्ट्रको सांस्कृतिक संस्था युनेस्कोले आफ्नो विश्व सम्पदा सूचीमा हरेक वर्ष नयाँ गन्तव्य र स्थललाई सूचीकृत गर्दै आएको छ । 

यो वर्ष पनि युनेस्कोले थुप्रै त्यस्ता स्थलहरुलाई आफ्नो विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ । तीमध्ये केही महत्वपूर्ण स्थलबारे केही जानकारी लिऔँ–

भारतको जयपुर सहर

यो वर्ष ‘गुलाबी सहर’ को नाममा परिचित भारतको राजस्थानस्थित जयपुर पनि विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । जयपुर सहजका कतिपय संरचना सन् १७२७ मा यसको स्थापनाताकाकै छन् । ती संचरना अहिले पनि निकै सुन्दर छन् । देश–विशेषका पर्यटकलाई भारतको जयपुर विशेष आकर्षणको केन्द्र बन्दै आएको छ । 

आइसल्यानडको वातानुकूलित राष्ट्रिय पार्क

यो ज्वालामुखीय क्षेत्र आइसल्यान्डको १४ प्रतिशत हिस्सामा फैलिएको छ । यो राष्ट्रिय पार्कमा थुप्रै ग्ल्यासियर छन् । यसका अतिरिक्त यहाँ थुप्रै सुन्दर प्राकृतिक जीव, ज्वालामुखी क्षेत्र र विचित्रका जीवजन्तु पाइन्छन् । 

फ्रेन्च अस्ट्रल ल्यान्ड्स एन्ड सिज

यो ठाउँ दक्षिणी समुद्राको बीचमा पर्छ । यहाँका ससाना द्वीपलाई युनेस्कोले नयाँ विश्व सम्पदाको सूचीमा समावेश गरेको छ । यहाँ संसारका सबैभन्दा बढी प्रजातिका पन्छी र जलजीव पाइन्छन् । जसमा किङ्ग पेन्ग्विनमा समावेश छ । 

प्राचीन जापानको माउन्डेड टम्ब्स

जापानको ओसाका प्रान्तमा ४९ चिहान स्थल बनाइएका छन् । जुन तेस्रोदेखि छैटौँ शताब्दीका हुन् । यहाँ भिन्नाभिन्नै आकार रहस्यमय ठाउँहरु छन् । जहाँ चाबी लगाउने खालका जस्ता देखिने दुलाहरु छन् । त्यहाँ एउटा ठूलो रहस्यमय ठाउँ छ । त्यो ठाउँलाई सम्राट निनटोकुको नाम दिइएको छ । जुन जापानको सबैभन्दा ठूलो चिहान स्थल हो । यी स्थललाई पनि युनेस्कोले विश्व सम्पदाको सूचीमा सूचीकृत गरेको छ । 

इराकको बेबीलोन

थुप्रै वर्षको प्रयासपछि इराकको प्राचीन सहर बेबीलोनलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गरिएको छ । इराकमा हुँदै आएको हिंसाका घटनाका कारण यो प्राचीन सहरका ठाउँमा थुप्रै क्षति पुगेको थियो । तर अहिले मर्मतसम्भार गरेर यसलाई पुनः सुन्दर बनाइएको छ ।

म्यानमारको बगान

बगान म्यानमारको प्राचीन राजधानी हो । यो पर्यटकको आकर्षणको केन्द्र पनि हो । यहाँ हजारौँ बुद्ध मन्दिर छन् । टाढाबाट हेर्दा हजारौँ मन्दिर भएको यो सहर निकै सुन्दर देखिन्छ । यो सहरलाई पनि युनेस्कोले विश्वसम्पदा सूचीमा समावेश गरेको छ । 

लाओसको प्लेन अफ जार 

ठूलठूला ढुंगाबाट बनेका घैंटा नै घैंटा रहेको यो ठाउँ लाओसको केन्द्रमा रहेको छ । पुरातत्वविद्का अनुसार यस्ता ठूलठूला ढुंगाबाट बनेका हजारौँ घैंटा लौह युगको हो । उनीहरुको अनुसन्धामा यी घैंटाहरु त्यतिखेर अन्तिम संस्कारका बेला प्रयोग गरिएका थिए । यो ठाउँलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ ।  – एजेन्सी