बैंकले आफ्ना ग्राहकलाई रकमको अभाव हुँदा रकमको उपलब्धता र यसको प्रयोगका लागि काड मार्फत प्रदान गर्ने सेवा हो क्रेडिट कार्ड सेवा । बैंकले उपलब्ध गराउने यो सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या नेपालमा समेत पछिल्लो समय उल्लेख्य रहे पनि यससँग जोडिएका कतिपय भ्रमले गर्दा अझै पनि कयौ नेपाली यो सुविधा लिन हिचकिचाउँछन् । हामी तपाइलाई क्रेडिट कार्डसँग जोडिएका केही भ्रमको विषयमा प्रष्ट पार्ने छौ । 

भ्रम १: मसँगग एक्सक्लुुसिब कार्ड छ, जसमा खर्च गर्ने कुुनै सीमा छैन 
यो साँचो हो कि प्रीमियम कार्डमा खर्च गर्ने विषयमा पहिले नै सीमा तय नगरिएको पनि हुुन सक्छ । तर बैंकले आन्तरिक औसत रकम पक्कै पनि तय गरेको हुुन्छ, जसले गर्दा तपाइले धेरै खर्च गर्न सक्नुुहुँदैन । बैंकले तपाईले खर्च गर्ने रकम, तपाइको आम्दानी, बैंकमा जम्मा रहेको रकम, खर्च गर्ने र चुुक्ता गर्ने तौरतरिका जस्ता अंकका आधारमा तय गर्ने गर्छ । यदि तपाइको खर्च यो सिमाभन्दा बढी भयो भने बैंकले तपाईको कार्डलाई कालोसूचिमा राख्नसक्छ । 

भ्रम २: मलाई आफ्नो क्रेडिट स्कोर निरन्तर चेक गर्न जरुरी छैन
क्रेडिट स्कोरको रेकर्ड निरन्तर रुपमा चेक गरिरहनु अनिवार्य हुन्छ । यदि तपाइ यस्तो गरिरहनुु भएको छैन भने बैंकबाट ऋण लिंदा तपाइको आवेदन बैंकले अस्वीकार गर्न सक्छ । कयौंपटक यस्तो पनि हुुन्छ कि तपाइले भुुक्तानी गर्न बिर्सनुु भइरहेको हुुन्छ र यसले तपाइको क्रेडिट स्कोरमा असर पुुर्याइरहेको हुुन्छ । यदि तपाइ अबको दुुई वा तीन वर्षभित्र कुुनै ऋण लिने विषयमा योजना बनाउँदै हुुनुुहुुन्छ भने निरन्तर रुपमा आफ्नो क्रेडिट स्कोर चेक गरिरहनुुस् । ताकि आवश्यक पर्दा यसलाई सच्याउन तपाइसँग पर्याप्त समय होस् ।

भ्रम ३: ऋणको भुुक्तानी गर्ने बित्तिकै मेरो क्रेडिट स्कोर रिस्टोर गरिन्छ
क्रडिट स्कोर तपाइको रिपेमेन्ट रेकर्डको इतिहास हो, जसलाई तपाइले तुुरुन्तै बनाउन सक्नुुहुन्न । जुुन ऋणमा तपाइलाई डिफल्ट गरिसकिएको छ, त्यसलाई तुुरुन्तै चुुक्ता गरेर तपाइको स्कोर सशक्त त होला, तर यसले रकम चुुक्ता गर्दा तपाइले गरेको ढिलासुुस्तीको सत्यता भने बदलिँदैन । निरन्तर रुपमा राम्रो प्रदर्शनबाट नै सही अर्थमा तपाइको क्रेडिट स्कोर सशक्त हुुनसक्छ । यो एउटा यस्तो प्रक्रिया हो जुुन निरन्तर चलिरहन्छ र यसमा सुुधारका लागि समग्र लाग्ने गर्दछ । 

भ्रम ४: क्रेडिट कार्डको साटो डेबिट प्रयोग गर्नुु धेरै सुुरक्षित र उपयुक्त हुुन्छ 
डेबिट कार्ड स्वाइप गर्ने बित्तिकै तपाइको अकाउन्टबाट तुुरुन्तै पैसा निस्कन्छ । यदि गल्तीले कार्ड स्वाइप भयो भने पैसा रिफन्ड हुुन केही समय लाग्नसक्छ । अर्काेतर्फ क्रेडिट कार्डको तुुलनामा बैंकलाई यसको बारेमा तपाइले तुुरुन्तै जानकारी दिन सक्नुुहुुन्छ र बैंकले तपाइको कारोबार रद्द गरिदिन्छ र तपाइको अकाउण्टबाट कुुनै पनि रकम काटिन्न । यसको साथै क्रेडिट स्कोर तय गर्दा डेबिट कार्ड प्रयोगलाई सामेल गरिँदैन । 

भ्रम ५: यदि मैले क्रेडिट कार्ड कहिल्यै प्रयोग गरिँन भने मेरो क्रेडिट स्कोर राम्रो हुुन्छ 
क्रेडिट स्कोर तब मात्रै बन्छ जब लिएको ऋण तपाइले चुुक्ता गर्नुुहुुन्छ । यो पैसा ऋणको रुपमा पनि हुुनसक्छ वा क्रेडिट कार्डको रुपमा पनि हुुनसक्छ । क्रेडिट कार्डको उपयुुक्त प्रयोगबाट बलियो क्रेडिट स्कोर तयार गर्न सकिन्छ । जब ऋण लिन आवश्यक पर्छ तब बलियो क्रेडिट इतिहासले कम ब्याज दर तय गर्न सहयोग गर्दछ । बलियो क्रेडिट इतिहासको आधारमा तपाइले बैंकलाई कम ब्याज दरमा ऋण उपलब्ध गराउन अनुुरोध गर्न सक्नुुहुन्छ । 

भ्रम ६: यदि मैले न्यूूनतम रकम भुुक्तानी गरे भने मलाई कुुनै ब्याज लिइनेछैन 
वास्तवमा न्यूनतम रकमको भुुक्तानीले तपाइलाई पेनाल्टीबाट मात्रै बचाउने सुनिश्चतता प्रदान गर्छ र बाँकी रहेको रकमको ब्याज त तपाइले तिर्नुु नै पर्छ । 

भ्रम ७: क्रेडिट कार्डको मामिलामा मलाई हर समय धोकाधडीको आश्काले सताइरहन्छ
क्रडिट कार्ड प्रयोग गर्नुु तपाइका लागि पूर्ण रुपमा सुुरक्षित छ किनकी यदि क्रेडिट कार्ड हरायो भने यसलाई तपाई ब्लक गर्न सक्नुुहुुन्छ । तपाइबाहेक अरु कसैलाई कार्डको अनधिकृृत अनलाइन प्रयोग गर्न मुुश्किल पर्छ किनभने यसका लागि एकपटक प्रयोग भइसकेको पासवर्डको आवश्यकता पर्छ वा कारोबार गर्न सेक्युुरीटी कोडको आवश्यकता पर्छ । 

यसको अलावा कार्ड बनाउँदा कयौं शर्तहरु पनि राखिएका हुुन्छन् जुुन विस्तारमा पढ्न तपाई आवश्यक ठान्नुु हुँदैन । यस्तो गल्ती तपाइलाई मह्गो पर्न सक्छ । कयौ कम्पनीले पछि लुुकेर राखिएका शुुल्कहरु लिने गर्दछन् । त्यसैले कार्ड बनाउँदा नै सम्पूर्ण शुुल्कको बारेमा जानकारी लिनुुपर्दछ वा सम्झौता विस्तारमा पढ्नुु पर्दछ । 

यसका साथै आफ्नो पिन नम्बर अरु कसैलाई बताउनुुहुँदैन । क्रेडिट कार्ड कम्पनी, प्रहरी, वा कुुनै व्यापारीलाई तपाइँको पिननम्बर सोध्ने अधिकार हुँदैन । त्यसैले यिनीहरुलाई पनि पिननम्बर दिनुु हुँदैन । जबसम्म वेबसाइटको सुुरक्षालाई लिएर विश्वस्त भइन्न, तबसम्म अनलाइन सपिङ गर्नुु हुँदैन । यसले तपाइको व्यक्तिगत सूचनाको गलत प्रयोग हुुनबाट बचाउँछ । पसलेलाई कार्ड दिंदा सजक रहनुु पर्छ र प्रयास गर्नुु पर्छ कि कार्ड तपाइको नजरबाट ओझेलमा नपरोस् ।