काठमाण्डौ। कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि विश्वका धेरै देश लकडाउन गरिएको छ। प्रायः सबै देशले आफ्ना सीमा बन्द गरेका छन्। स्थलमार्गदेखि हवाईमार्ग सबै ठप्प छन्। यो अवस्था कहिलेसम्म रहने हो कसैले भन्न सकिरहेका छैनन्।

कोरोनाभाइरस संक्रमणको गत डिसेम्बरमा चीनमा पहिलोपटक देखिएको थियो। अहिले यो भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ।

विश्वका वैज्ञानिकहरु यो भाइरसबारे जानकारी लिने कोसिसमा छन्। ता कि यसविरुद्धको भ्याक्सिन बनाउन सकियोस्। तर भ्याक्सिनको कुरा त परै छाडौँ अहिलेसम्म यो भाइरसका बारेमा धेरै कम जानकारीमात्र बाहिर आएको छ। यो भाइरससम्बन्धी थुप्रै कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन। 

यद्यपि कोरोनाभाइरसम्बन्धी उठेका प्रश्नहरुको जबाफ दिने काम वैज्ञानिक र शोधकर्ताहरु मात्र गरिरहेका छैनन् घरमा बसेका आममानिस पनि यसको जबाफ खोज्ने कोसिस गरिरहेका छन्।

यो भाइरससम्बन्धी थुप्रै प्रश्नहरु उठिरहेका छन्। तीमध्ये केही प्रश्न यस्ता छन्–

अहिलेसम्म कति संक्रमित भए ?

यो सबैभन्दा आम प्रश्न लाग्न सक्ला। विश्वभर अहिलेसम्म ६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। तीमध्ये ३० हजार संक्रमितले ज्यान गुमाइसकेका छन्। 

के यो सही तथ्यांक हो ?

सायद होइन। यो सरकारी निकायले निकालेको तथ्यांकमात्र हुन सक्छ। यसलाई एउटा अंशका रुपमा मात्र लिन सकिन्छ। किनकि अझै पनि थुप्रै मानिस डरले अस्पतालसम्म पुगेका छैनन्। कतिपय देशमा त संक्रमित मानिसको खोजीका लागि पर्याप्त स्रोत पनि परिचालन भएका छैनन्। 

शोधकर्ताहरुले पनि बिरामीमा एन्टीबडी टेस्ट गरेपछि मात्र कोरोनाको संक्रमण हो होइन भन्ने यकिन हुने बताएका छन्। यदि सबै देशमा सही ढंगले स्रोत परिचालन गरी बिरामीको परीक्षण गर्ने हो भने मात्र यकिन तथ्यांकन निस्किन सक्छ।

यो भाइरस कति खतरनाक छ ?

जबसम्म हामीलाई यो जानकारी हुँदैन कि यो कुल कतिजना संक्रमित भए तबसम्म यो भाइरसको सटिक मृत्युदर निकालन सम्भव छैन। अहिलेलाई यो आँकलन गर्न सकिन्छ कि यो भाइरसबाट संक्रमित भएकामध्ये कुल संख्यामध्ये १ प्रतिशतको मात्र ज्यान गएको छ। तर स्पष्ट लक्षण नदेखिएका बिरामीका संख्या धेरै भयो भने मृत्युदर कम हुन सक्छ। 

सामान्यबाहेक अन्य सम्भावित लक्षण के ?

यदि कोरानाको सामान्य लक्षणहरुको कुरा गर्ने हो भने यसमा ज्वारो आउने, सुक्खा खोकी लाग्नेजस्ता छन्। केही केसमा घाँटी चिरा पर्ने, टाउको दुःखने र पखाला लाग्ने पनि हुन्छ। यस्ता लक्षण देखिएका बिरामीको परीक्षण गर्दा परिणाम पोजेटिभ पनि आउन सक्छ। 

हालै यो भाइरससँग सम्बन्धित नयाँ लक्षण पनि देखिएको छ। धेरैजसो यो भाइरसका संक्रमितले उनीहरुलाई कुनै पनि चिजको गन्ध नै महुसस नहुने बताएका छन्। 

यद्यपि सबैभन्दा महत्वपूर्ण प्रश्न यो हुन सक्छ कि हल्का र सामान्य चिसोमा जस्तै देखिने लक्षण जस्तै नाकबाट पानी आउने, हाछ्युँ लाग्ने पनि कोरोनाका लक्षण हुन् ? वास्तवमा केही मामिला यी लक्षणका साथ पनि अगाडि आएका छन्। 

थुप्रै शोधका अनुसार यस्तो पनि हुन सक्छ कि मानिस संक्रमित होला तर उसमा उल्लेखित कुनै पनि लक्षण देखिएको छैन र उसलाई आफू संक्रमित भएको पनि थाहा छैन। 

बालबालिकाबाट कसरी यो भाइरस फैलिएको छ ?

अहिलेसम्म भनिएको छ कि यो भाइरबाट वृद्धवृद्धा बढी जोखिममा छ। तर यसको मतलब यो होइन कि बालबालिकामा यो संक्रमण नदेखिन सक्छ। कोरोनाको संक्रमण बालबालिकामा पनि हुन सक्छ। 

बालबालिकामा यो भाइरस कमै देखिएको छ। तर यो कुरा नजरअन्दाज गर्न सकिँदैन यो भाइरस फैलाउनेमा बालबालिकाको भूमिका अधिक हुन्छ। यो प्रमुख कारण भनेको बालबालिका हमेशा आफ्ना अभिभावक, दाजुभाइ र दिदीबहिनीका साथ हुन्छन्। यद्यपि यो स्पष्ट भइसकेको छैन कि बालबालिका यो भाइरस फैलाउने मुख्य कारक हुन सक्छन् कि सक्दैनन्। 

कोरोना भाइरस आखिर आयो कहाँबाट ?

यो भाइरस सुरुमा चीनको वुहान सहरमा देखिएको हो। यो भाइरसलाई आधिकारिक रुपमा सार्स कोभी–२ भनिन थालिएको छ। यो भाइरस सार्स भाइरसको निकै नजिकको मानिन्छ। जुन चमेरामा देखा परेको थियो। 

अर्को मान्य यो पनि छ कि कोरोना भाइरस चमेराबाट सीधै मानिस सरेको भने होइन। चमेरा र मानिसबीच थुप्रै अन्य रहस्मय जीव यो भाइरस फैलाउने माध्यम बनेको शोधकर्ताहरु बताउँछन्। 

गर्मीमा यो भाइरसको फैलावटमा कमी आउला ?

यदि सामान्य रुघाखोकीको कुरा गर्ने यो चिसोयाम धेरै र गर्मीमा थोरै हुन्छ। तर अहिलेसम्म यो पत्ता लागेको छैन कि यो भाइरसको फैलावट मौसमअनुसार कस्तो हुन्छ ? 

यदि गर्मीयाममा यो भाइरसको फैलावटमा कमी आयो भने चिसोयाममा बढी हुने सम्भावना प्रवल रहन्छ। चिसोमा बढी सक्रिय हुने देखियो भने अस्पतालमा बिरामीमा उपचारमा चिकित्सकलाई टाउको दुःखाइको विषय बन्न सक्छ किनकि चिसोयाममा अरु संक्रमणका बिरामी पनि उपचारका लागि पुग्ने थुप्रै हुन्छन्। 

केही मानिसमा यसको लक्षण किन तीव्र छ ?

धेरैजसो मानिसमा कोरोनाको हल्का लक्षण देखिने गरेको पाइएको छ। करिब २० प्रतिशत मानिसमा यसको लक्षण व्यापक देखिएको छ। किन ? वास्तवमा मानिसमा हुने रोग प्रतिरोधात्मक क्षमताले पनि यो भाइरस फैलिनलाई बढावा दिइरहेको छ। यसका साथै आनुवांशिक कारण पनि हुन सक्छ। 

रोग प्रतिरोधात्मक क्षमताले यो भाइरससँग कतिसम्म लड्ला ?

मानिसमा हुने रोग प्रतिरोधात्मक क्षमताले कतिसम्म यो भाइरससँग लड्न सक्छ भन्ने यकिन तथ्य बाहिर आइसकेको छैन। यदि कोही मानिस यो भाइरससँग लडिरहेको छ भने यो पक्का हो कि त्यो मानिसले आफ्नो रोग प्रतिरोधात्मक क्षमताको विकास गरिरहेको छ। तर यो भाइरसले गर्ने आक्रमणबारे सीमित जानकारी मात्र छन्। 

के यो परिवर्तनशील भाइरस हो ?

यो भाइर हरेक समय परिवर्तित भइरहेको छ तर अधिकांश मामिलामा यो भाइरसको जेनेटिक कोडमा कुनै खासै बदलाव आएको छैन। यदि कसैलाई यो भाइरस परिवर्तनशीलका साथै निकै घातक भइरहेको लाग्छ भने यससम्बन्धी कुनै तथ्यगत प्रमाण छैन। 

यद्यपि यो चिन्ताको विषय बन्न सक्छ कि यदि यो भाइरस परिवर्तनशील छ र इम्युन सिस्टममा यसको पहिचान हुन सकिरहेको छैन भने यो लामो समयसम्म वैज्ञानिक र शोधकर्ताका लागि टाउको दुःखाइको विषय बन्न सक्छ। – बीबीसीबाट भावानुवाद