काठमाण्डौ । प्राय हामी आफ्नो सुविधा र सहजताका लागि निकै सजिला खालका पासवर्ड राख्छौ । हामी यस्तो अक्षर तथा अंकलाई पासवर्डको रुपमा राख्छौ, जुन किबोर्डमा सहजै टाइप हुन्छ । तर, यस्ता पासवर्ड राख्दा ह्याकर्सको काम पनि निकै सहज भइदिन्छ, अर्थात ह्याकरहरुले सहजै तपाईको अकाउण्ट ह्याक गरिदिन सक्छन् । हामी आज तपाईलाई सन् २०१७ मा प्रयोग गरिएको सबैभन्दा कमजोर पासवर्डहरुको बिषयमा बताउन गइरहेका छौ, ती पासवर्ड तपाईले पनि प्रयोग गर्नुभएको छ भने यसको निकै महङ्गो मूल्य चुकाउनुपर्ने हुनसक्छ । यदि तपाईले पनि तल दिइएका पासवर्डमध्ये कुनै राख्नुुभएको छ भने तुरुन्तै परिवर्तन गरिहाल्नुहोस् । 

  • निकै सहज ढंगले ह्याक गर्न सकिने पासवर्डको पहिलो नम्बरमा रहेको छ १२३४५६ पासवर्ड । अर्थात अंकलाई क्रमैसँग हालेर राखिने पासवर्ड । 
  • १२३४५६७८९ पनि निकै सहज र ह्याकरका लागि सुविधाजनक पासवर्ड रहेको एक अध्ययनको क्रममा पत्ता लागेको छ । 
  • यदि तपाईको पासवर्ड समेत ११११११ छ भने तुरुन्तै परिवर्तन गरिहाल्नुहोस् । 
  • सहजै ढंगले टाइप हुने १२३४५६७८९० पासवर्ड समेत निकै असुरक्षित हुने देखिएको छ । 
  • कतिपय मानिस पासवर्ड(password)लाई नै आफ्नो पासवर्ड बनाउँछन्, यो पनि जोखिमपूर्ण काम हो । 
  • १२३१२३ पनि असुरक्षित पासवर्डको सूचिमा परेको छ । 
  • ९८७६५४३२१ को उल्टो गन्तीको पासवर्ड राख्नुु समेत जोखिमपूर्ण देखिएको छ।