काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा १०.१३ प्रतिशतले बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ६० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यही अवधिमा ५५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २६ करोड १७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ८२ करोड १ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ७३ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी बैंकले प्रथम त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ६६ करोड रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।

बैंकले समीक्षा अवधिमा १ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ११ रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा १० अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष रिजर्भको आकार १० अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २३.३३ रुपैयाँ र पीई रेसियो १७.९६ रहेको छ ।