काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८७ लाख ८६ हजार रुपैयाँ खूद घाटामा रहेको वित्तीय विवरण आएको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिमा फाइनान्स ३२ लाख ६० हजार खूद नाफामा थियो । नाफामा गएको कम्पनी एक वर्षपछि आएर उभो लाग्नुको साटो घाटामा गएको हो । 

समीक्षा अवधिमा फाइनान्सको संचालन घाटा ८७ लाख ८६ हजार रहेको छ । अघिल्लो वर्षको यही अवधिमा ४६ लाख ५७ हजार संचालन नाफामा थियो । 

यो अवधिमा कम्पनीले १७  लाख ५३ हजार खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २६ लाख थियो । 

समीक्षा अवधिसम्म फाइनान्सले ११ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी ६ लाख २ हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । फाइनान्सको रिजर्भमा २२ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

यो फाइनान्स समस्याग्रस्त वित्तीय संस्था हो । कम्पनीको खराब कर्जा अनुपात सतप्रतिशत रहेको छ । 

कम्पनी घाटामा गएपछि वार्षिकीकृत प्रतिसेयर घाटा ९.६६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) पनि १०.५६ गुणाले नेगेटिभ बनेको छ । 
*(यसअघिको समाचारमा असावधानीबस गलत तथ्याङ्क पर्न गएकोमा हामी क्षमाप्रार्थी छौ ।गल्ती औंल्याइदिने सबैलाई धन्यवाद । ) -सम्पादक