काठमाण्डौ । देशका चार महानगरको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । चारमध्ये तीन महानगरमा एमाले र एकमा कांग्रेसको अग्रता कायम छ ।

काठमाण्डौ महानगरपालिकाको मेयर पदमा एमालेका विद्यासुन्दर शाक्यले ६२३८ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका राजुराज जोशीले ४००४ मतले पछ्याइरहेका छन् । काठमाण्डौ महानगरमा तेश्रो स्थानमा विवेकशीलकी रञ्जुु दर्शना छन् । उनले २४९८ मत प्राप्त गरेकी छिन् । साझा पार्टीका किशोर थापा १८८८ मतसहित चौथो स्थानमा छन् । 

यस्तै, भरतपुर महानगरपालिकामा एमाले उम्मेद्वार देवी ज्ञवालीले अझै माओवादी केन्द्र र कांग्रेसकी साझा उम्मेद्वार रेणुु दाहाललाई फराकिलो अन्तरले पछाडि छाडिरहेका छन् । ज्ञवालीको ९२१२ मत छ भने दाहालको ७४३३ मत छ । 

उता, पोखरा लेखनाथ महानगरपालिकामा समेत एमाले उम्मेद्वार मानबहादुर जिसी ९४६८ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका रामजी कुँवर ९१६८ मतसहित पछ्याइरहेका छन् । 

ललितपुरमा भने कांग्रेस उम्मेद्वार चिरिबाबुु महर्जन ११८४३ मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले १११०३ मतले पछ्याइरहेका छन् । यो स्थानमा साझा पार्टीका रमेश महर्जन ४२८१ मतसहित तेश्रो स्थानमा छन् ।