काठमाण्डौ । विश्वका दोस्रो धनाढ्य बिल गेट्सले हालै इकोफ्रेन्डली सुपर लग्जरी याट किनेका छन्। 

बिल गेट्सले ७३७९ करोड रुपैयाँ (६४.५ करोड डलर) मा यो लग्जरी याट किनेका हुन्। यो याटको लम्बाइ ३७० रहेको छ । यो हाइड्रोजनबाट चल्छ। 

यो सुपर याटमा दुई २८ टनको भ्याक्युम सिल्ड ट्यांक छ। जसले माइनस २५३ सेन्टीग्रेडमा तापमान नियन्त्रणमा राख्छ। यिनमा लिक्विड हाइड्रोजन भरिन्छ। 

यो याटमा ३१ जना सवार हुन सक्छन्। यसमा १४ डबल क्रु क्याबिन, २ अफिर क्याबिन र एएटा क्याप्टेन क्याबिन रहेका छन्। यसमा ४ वटा गेस्ट स्टेट रम, २ वटा भीआईपी स्टेट रुम र एउटा ओनर पवेलियन रहेका छन्। 

यो सुपर याट एकपटक फ्युलिङ गरेपछि ३ हजार ७५० माइल अर्थात् ६ हजार ४३७.३ किलोमिटरसम्म चल्छ। 

बिल गेट्सले पहिलोपटक यति महँगो याट किनेका हुन्। यसअघि उनले भाडामा याट लिएर छुट्टी मनाउन जान्थे। 

फोब्सका अनुसार गत फेब्रुअरी ९ तारिखसम्म बिल गेट्सको नेटवर्थ ११२.४ बिलियन डलर रहेको छ। 

विश्वका धनाढ्य व्यक्तिको सूचीमा पहिलो स्थानमा अमेजनका संस्थापक जेफ बेजोस छन्। उनको नेटवर्थ १२६.८ बिलियन डलर रहेको छ। – एजेन्सी