काठमाण्डौ । विश्वकै दोस्रा ठूला सबैभन्दा धनाढ्य व्यक्तिले सपिङ गर्न जाँदा के किन्लान् ? योभन्दा कौतुहलताको विषय के बन्ला ?

हो हामी यहाँ माइक्रोसफ्टका फाउन्डर बिल गेट्सको कुरा गरिरहेका छौँ। हालै उनले आफ्ना लागि एउटा सुपर कुल इलेक्ट्रिक कार किनेका छन्। 

मार्क ब्राउनलीका साथ युट्युब अन्तर्वार्तामा बिल गेट्सले यस्तो खुला गरेका हुन्। उनले आफ्ना लागि पहिलोपटक इलेक्ट्रिक कार पोस्र्चे ट्याकन किनेको खुलासा गरे। 

यो कारको मूल्य १.८५ लाख अमेरिकी डलर रहेको छ। बिल गेट्सले भने, ‘यो मेरो पहिलो इलेक्ट्रिक कार हो र यो सुपर कुल छ।’

यो कार केवल २.६ सेकेन्डमा १०० किलोमिटरको रफ्तार समात्न सक्छ। यो कार फुल चार्ज हुँदा ४५० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। यसले ८५०एनएम म्याक्सिम टार्क उत्पादन गर्न सक्छ। 

त्यसो त बिल गेट्सले प्रायः ग्लोबल वार्मिङका विषयमा कुरा गर्थे। उनले भनेका थिए कि डिजेल वा पेट्रोल कारको सट्टामा इलेक्ट्रिक कार प्रयोगमा ल्याउन अत्यावश्यक भइसकेको छ। 

बिल गेट्सले हालै इलेक्ट्रिक कार किनेर आम सर्वसाधारणलाई पनि यसको प्रयोगमा प्रोत्साहन गरेको बुझ्न सकिन्छ। – एजेन्सी