काठमाण्डौ । पोखरा लेखनाथ र काठमाण्डौ महानगरपालिकामा जारी मतगणनाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । यी दुवै क्षेत्रमा एमालेले आफ्नो सुरुवाती अग्रतालाई जारी गरेको छ।

काठमाण्डौको मेयर पदमा एमाले उम्मेद्वारकाले १० हजार मतको अग्रता लिएका छन् भने पोखरामा समते ३७०० मतको फराकिलो अग्रता देखिएको छ । 

देशकै पुरानो महानगर काठमाण्डौमा मंगलबार बिहानसम्म १ लाख १० हजार मतगणना गरिसकिएको छ । यहाँ कुल १ लाख ७० हजारको हाराहारीमा मत खसेको निर्वाचन आयोगको भनाई छ । 

काठमाण्डौमा एमालेको मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ३६ हजार ३ सय ७० मत ल्याएका छन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका राजुुराज जोशीले २६ हजार ६ सय ९ मत प्राप्त गरेका छन् । तेश्रो स्थानमा रहेकी विवेकशीलकी रञ्जुु दर्शनाले १३ हजार ४ सय ९९ मत पाएकी छिन् भने साझा पार्टीका किशोर थापाले १० हजार १ सय ७४ मत प्राप्त गरेका छन् । 

यसैगरी, पोखरा लेखनाथ महानगरपालिकामा एमाले उम्मेद्वारको अग्रता बढिरहेको छ । मंगलबार बिहानसम्मको परिणाम अनुसार एमाले उम्मेद्वार मानबहादुर जिसीले करिब ३ हजार ७ सय मतको अग्रता लिएका छन् । उनले २६ हजार ९ सय ७३ मत ल्याएका छन् । उनलाई कांग्रेसका रामजी कुँवरले २३ हजार २ सय ८३ मतले पछ्याइरहेका छन् ।