काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता राचन्द्र पौडेल पक्षबाट मन्त्री नियुक्रिका लागि सिरफरिस हुन लागेका चार नेतामध्ये बलबहादुर केसीलाई अस्वीकार गरेपछि मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने भएको छ ।

पार्टी सञ्चालनबारे पार्टी सभापति देउवाको कडा आलोचना गर्दै आएका केसीको नाम नपठाउन उनले पौडेललाई आग्रह गरेको स्रोतले बतायो ।

पौडेल पक्षले भने आफ्नो समूहबाट मन्त्री बनाउने नामको टुंगो लागे पनि कुन कुन मन्त्रालय पाउने प्रस्ट नभएसम्म नपठाउने जनाउ दिएको छ ।

पौडेले पठाउने सूचीमा केसी, महेश आचार्य, रामकृष्ण यादव र सरिता प्रसाईँको नाम रहेको उनी निकटले बताएका छन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।