काठमाण्डौ । उमेर बढेसँगै तपाईका लागि जागिर खोज्नुु वा पाउनु निकै कठीन हुनसक्छ । पछिल्लो समय बजारमा पाको उमेरको व्यक्तिले जागिर पाउन निकै मुश्किल पर्छ । अधिकांश कम्पनीहरुको छनौटमा युवा जनशक्ति मात्र केन्द्रभागमा हुन्छ । युवाहरु धेरै उर्जावान हुने र लामो समयसम्म काम गर्न सक्ने क्षमता राख्छन् भन्ने नेपाली कम्पनीहरुमा भ्रम हुन्छ । साथै, बदलिदो प्रविधि र विजिनेश माहौलमा जसरी तीव्र सुधार भइरहेको छ, यसले अनुुभव नै चाहिन्छ भन्ने भ्रम समेत हट्न थालेको धेरै विश्वास गर्छन् । तर, हरेक उमेर समूहका लागि जागिर खोज्ने एक विशेष सूत्र हुन्छ, विदेशी न्यूज एजेन्सीहरुको सहयोगमा हामीले विभिन्न उमेर समूहका लागि कसरी जागिर खोज्ने भन्ने विशेष सामाग्री तयार गरेका छौ । 

२०–३० उमेर समूहका लागि जागिरको खोज
यो समयमा जागिर खोज्नुु निकै ठूलो चुनौतिपूर्ण हुन्छ, कारण यो समयमा अनुुभव हुँदैन, कुन फिल्डमा जाँदा करिअर जम्छ भन्ने बिषयमा अधिकांश अलमलिएका हुन्छन् । स्कूल पढ्दा पढ्दै वा कलेज नसकिँदै जागिर सुरु गर्ने वा कुनै विजिनेश थाल्ने वा भइरहेको परिवार तथा साथीभाईको विजिनेशमा सहयोग गर्ने चाहना धेरैमा हुन्छ । तर, यो समयमा यस्तो मौका गुमिहाले पनि चिन्ता गर्नुहुँदैन, ग्राजुुएसनपछि पनि यस्तो कुनै काम वा नोकरीको सुरुवात गर्नु राम्रै मानिन्छ । यसकारण पहिलोपटक नै शानदार सुरुवात गर्छु भनेर ठूला कम्पनी मात्र ताक्ने गल्ती नगर्नुहोस् । ५ वर्षको अवधि बनाएर त्यो समयभर अलग–अलग खालका अनुुभव हासिल गर्छु भन्ने प्रण गर्नुहोस् । सो अवधिमा धेरै भन्दा धेरै जोखिमसँग खेल्नुहोस्, आफ्नो होम टाउन वा देश बाहिर वा छेउछाउका एड्भान्स सहरहरु पनि घुम्नुुहोस् र सो क्रममा सिक्ने कुरामा फोकस हुनुुहोस् । 

३०–४० सालमा कस्तो हुन्छ खोज ?
यो उमेर समूहका लागि जागिर खोज्नका लागि होइन, तर त्यसपछिको योजना बनाउनमा खर्च गर्नुपर्छ । तपाईले यो समयमा कयौं प्रकारका अनुुभव र क्षमता हासिल गरिसकेको हुनुहुन्छ । यस्तो बेलामा तपाईले आफ्नो करिअरलाई कसरी दिशा दिनसकिन्छ भन्ने सोच्नुुपर्छ ताकि तपाईले आउने एकदशकभित्र आफूलाई राम्रो आम्दानी गर्न सक्ने व्यक्तिको रुपमा स्थापित गर्न सक्नुुहोस् । तपाईले यो समयमा व्यवसायिक र व्यक्तिगत स्थिरता पनि खोज्नुपर्छ । यसको बाबजुद यदि तपाईले आफ्नो मनको कुरा सुन्नुुभएको छैन भने तपाईले योजनाबद्ध ढंगले जोखिमसँग समेत खेल्न सक्नुुपर्छ । कठीन समयका लागि केही महिनाको आम्दानीलाई बचतको रुपमा तयारी राख्नुुहोस्, जागिर खोज्नका लागि प्रत्येक हप्ता ६ देखि ८ घण्टा समय दिनुुहोस् र अन्तर्वार्ता वा कुराकानीबाट केही सिक्नुुहोस् र आनन्द उठाउने कोशिश गर्नुहोस् । 

४०–५० उमेर समूहका लागि
अधिकांश जागिरेहरुका लागि यो उमेर कमाई तथा प्रभावको हिसाबले यो सबैभन्दा बढी उत्पादनशील तथा असरदार दशक हुन्छ । यो बेलासम्म तपाईले आफ्नो बोसको अगाडि आफूलाई कम्पनीले लगानी गर्न योग्य मानिसको रुपमा प्रमाणित गरिसक्नुुपर्छ । यस्तो अवसरको पहिचान गर्नुहोस्, जसको माध्यमबाट तपाईले आफ्नो क्षमताको भरपूर प्रयोग गरी राम्रो छाप छाड्न सक्नुुहोस् । आफ्नो करिअरको प्रगतिको एउटा कथा तयार गरिसक्नुुपर्छ यो उमेरमा । यस्तो बायोडाटा तयार गर्नुहोस्, जसबाट तपाईको विशेषज्ञता, आफ्नो ब्राण्ड तथा आफ्नो क्षमता सही तरिकाले प्रष्टियोस् । 

५०–६० को दशक र त्यसपछिको समय
यो उमेर समूहका कामदारको बिषयमा जागिर प्रदायकलाई शंका हुन थाल्छ । ५० देखि ६० उमेर समूहका व्यक्तिमा उर्जा, प्रेरणा, बौद्धिक सक्रियता तथा युुवा कामदारहरुको साथमा काम गर्ने क्षमता हुँदैन । साथै, यो उमेर समूहका कामदार पनि निकै महङ्गा हुन्छन् भन्ने धारणा हुन्छ । खासमा, यी भ्रमहरुलाई तपाईले चिर्नुपर्छ, ताकि तपाईले सहजै जागिर पाउनुुहोस् । गम्भीर तरिकाले आफ्नो बायोडाटा तयार गर्नुहोस् र यस्तो बायोडाटा १ पृष्ठ भन्दा माथिको नहोस् ।