काठमाण्डौ । धनी बन्नु भाग्यको काम मात्र होइन । खासमा यो एक रणनीति पनि हो । लगानीमार्फत विश्वकै तेश्रो धनी व्यक्ति बन्न सफल वारेन बफेटका अनुसार यदि धनी बन्न चाहने हो भने आफ्नोभित्र केही आदत पालना गर्नुपर्ने हुन्छ । यिनै बानीले तपाईलाई धनी बनाउनसक्छन् । यसमा पैसा खर्च गर्ने तरिकादेखि लिएर लगानीसम्मको आदत सामेल छन् । स्टक मार्केटका गुरु मानिने बफेटका अनुसार सधैं केही न केही नयाँ सिक्ने इच्छाले समेत तपाईलाई धनी बनाउन सहयोग गर्ने इंक डटकमले लेखेको छ । आउनुहोस्, यस्तै ६ आदतको बिषयमा जानी राखौं, जसलाई वारेन बफेट धनी बन्नका लागि आवश्यक ठान्छन् । 

मौकामा नचुक्नुुहोस्
वारेन बफेटले भनेका छन् कि सधैं एक इन्टरप्रेनियरको रुपमा सोच्नुपर्छ । किनभने इन्टरप्रेनियर सधैं मौकाको खोजीमा हुन्छन् । आफ्नो बाल्यकालदेखि नै बफेट समेत सधैं नयाँ–नयाँ अवसरको खोजी गर्दथे । त्यस्तो मौका सानो होस् वा ठूलो त्यसलाई समात्नुुपर्छ । बफेटको सबैभन्दा पहिलो बिजिनेश चुइगम, सोडा तथा साप्ताहिक म्यागजिन बिक्री गर्नु थियो । उनी घर–घरमा गएर यी सामान बिक्री गर्थे । 

कमाईभन्दा खर्च कम
तपाईको खर्च सधैं आफ्नो आम्दानीभन्दा कम हुनुपर्छ । यसका लागि तपाईले फजूल खर्च समेत कम गर्नुपर्ने हुन्छ । बफेट आज पनि पुरानै कार चलाउँछन् र आज समेत उनको साथमा स्मार्टफोन छैन । उनी अझै पनि आफ्नो पुरानो फिचर फोन प्रयोग गर्छन् ।

सिकाई र नयाँ कुरा जान्ने बानी
बफेटले जति सम्पत्ति कमाएका छन्, त्यो सबै स्टक मार्केटमा लगानी गरी कमाएका हुन् । यसका लागि उनले आफ्नो धेरै समय आफ्नो लगानी भएको मार्केट्स तथा कम्पनीको बारेमा पढ्ने, त्यसको बिषयमा धेरैभन्दा धेरै सिक्नेमा खर्च गर्दथे । यदि तपाई पनि धनी बन्ने चाहना राख्नुुहुन्छ भने तपाईले पनि लगानी, बचत तथा जुन फिल्डमा सफलता पाउन चाहनुुहुन्छ त्यसको बारेमा ज्यादाभन्दा ज्यादा सिक्ने, नयाँ कुुरा खोज्ने कोशिश गर्नुपर्ने हुन्छ । बफेटका अनुसार तपाई जति धेरै सिक्नुुहुन्छ, जति बढी जानकारी हासिल गर्नुहुन्छ, तपाईका लागि उति नै धेरै विकल्पहरु तयार हुन्छन् । 

भरोसा नभएसम्म लगानी नगर्नु
लगानीलाई लिएर बफेटले भनेका छन् कि मार्केट वा कुनै अन्य चिजमा त्यतिबेलासम्म लगानी नगर्नु, जबसम्म तपाईले त्यसलाई लिएर पूरा रुपले सन्तुुष्ट बन्नुुहुन्न, या तपाईमा लगानीको ती विकल्पप्रति कुनै भरोसा नहोस् । यदि तपाईको मनमा त्यो लगानीलाई लिएर थोरै मात्र द्विविधा रह्यो वा तपाईले कसैले भनेकै भरमा लगानी गरिरहनुुभएको छ भने भूलेर पनि यस्तो काम नगर्नु । 

भीडलाई नपछ्याउनू
बफेटको भनाईमा यदि तपाई त्यही गर्नुहुन्छ, जे अरुले गर्छ भने तपाईले पनि अरुले जे पाउँछ, त्यही प्राप्त गर्नुहुन्छ । यदि तपाई भीडबाट अलग देखिन चाहनुुहुन्छ भने तपाईले अन्य मानिसभन्दा फरक ढंगले सोच्नुुपर्ने हुन्छ । अरु कसैलाई फलो नगर्नुहोस्, किनभने तपाईले फलो गरिरहेको मानिस र तपाईको अवस्था एउटै हुन्न । त्यति मात्र होइन, जुन निर्णय उसका लागि फाइदाजनक हुन्छ, तपाईका लागि त्यो फाइदाजनक नै हुन्छ भन्ने ग्यारेण्टी पनि हुँदैन । 

सुरक्षा अहम् हो
बफेटका अनुसार धेरै मुनाफाका लागि धेरै ठूलो जोखिम लिनुु मूर्खता हो । तपाईले सबैभन्दा पहिला आफ्नो पैसाको सुरक्षाको बिषयमा गम्भीर बन्नुपर्छ । आफ्नो पैसा नडूूबोस् भनेर तपाईले हरेक कोशिश गर्नुपर्छ । यसका लागि थोरै मात्र जोखिम लिनुुहोस् ।