काठमाण्डौ । चीनले विनाचालक प्रतिघन्टा ३५० किलोमिटरको रफ्तारमा चल्ने विश्वकै पहिलो हाईस्पिड बुलेट ट्रेनको सफल परीक्षण गरेको छ । यो ट्रेनलाई बेइजिङबाट झांगजियासम्म चलाइने बताइएको छ ।

सन् २०२२ मा बेइजिङ र झांगजियामा हुन लागेको ओलम्पिक खेललाई ध्यानमा राखेर यो बुलेट ट्रेन सञ्चालन गर्ने तयारी चीनले गरेको हो । चीनको दाबी छ कि यो विश्वकै पहिलो स्मार्ट, हाई स्पिड र बिना चालक चल्ने पहिलो ट्रेन हो ।

चाइना रेलवे ग्रुपका अनुसार यो ट्रेन हरेक दिन सञ्चालन हुनेछ । यसको नाम रिजुवेनेसन राखिएको छ ।

यसमा फाइभ जी सिग्नल, वायरलेस चार्जिङ र स्मार्ट लाइटिङका साथै सबै सुविधा आर्टिफिसियल इन्टेलिजेन्सबाट कनेक्ट गरिएको छ ।

बेइजिङबाट झांगजियासम्मको १७४ किलोमिटरको यात्रा यो बुलेट ट्रेनले केबल ४७ मिनेटमा पूरा गर्नेछ । यसबीच १० स्थानमा ट्रेन रोकिनेछ । जहाँबाट यात्रु राख्ने र ओराल्ने काम हुनेछ ।

यो ट्रेनको मर्मतसम्भार भने रोबोटबाट गरिने चाइना रेलवे ग्रुपले जनाएको छ। यो बुलेट ट्रेन निर्माण करि ५६ हजार ४९६ करोड रुपैयाँ खर्च गरिएको छ। – एजेन्सी