काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको यही अवधिको तुलनामा ४६.१३ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले ११ करोड ११ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड ६२ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको वित्तीय कारोबार आक्रामण देखाउँछ ।

त्यस्तै यस अवधिमा संस्थाले १८ करोड २२ लाख रुपैेयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १३ करोड ६६ लाख रुपैयाँमात्र खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा रिभर्जको आकार ६०.४१ प्रतिशतले बढाएको छ । गत वर्ष १८ करोड ४३ लाख रुपैयाँ रहेको रिभर्ज बढेर २४ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी २४ करोड २० रुपैयाँ रहेको थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ५०.९५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १७.३३ रुपैयाँ रहेको छ ।