काठमाण्डौ । विश्वव्यापी महामारीबाट विश्वभरमा शनिबार बिहानसम्म मृत्यु हुनेको संख्या ६० हजार नजिक पुगेको छ।

जोन हापकिङ्स युनिभर्सिटीका अनुसार कोरोनाको संक्रमणबाट विश्वभर शनबिार बिहानसम्म ५८ हजार ७८७ जना गइसकेको हो। शनिबार बिहानसम्म विश्वभर संक्रमितको संख्या १० लाख ९५ हजार ९१७ पुगेको छ। यसैगरी २ लाख २५ हजार संक्रमित निको भएर घर फर्किएका छन्।

हालसम्म कोरोनाको संक्रमणबाट ५ वटा देश अतिप्रभावित भएको देखिएको छ। जसमा इटाली अग्रस्थानमा छ। इटालीमा शनिबार बिहानसम्म १४ हजार ६८१ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १ लाख १९ हजार ८२७ पुगेको छ। 

त्यस्तै दोस्रो स्थानमा स्पेन रहेको छ। यो देशमा ११ लाख १९८ जनाको ज्यान जानुका साथै १ लाख १९ हजार १९९ जना संक्रमित भइसकेका छन्। 

कोरोना अतिप्रभावित तेस्रो देशमा अमेरिकामा रहेको छ। अमेरिकामा हालसम्म ७ हजार ८७ जनाको ज्यान जानुका साथै २ लाख ७५ हजार ५८६ जना संक्रमित देखिएको छन्। 

फ्रान्स अतिप्रभावित देशको सूचीमा चौथो स्थानमा छ। त्यहाँ ६ हजार ५२० जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या ६५ हजार २०२ पुगेको छ। 

यसैरी ब्रिटेन यो सूचीको पाँचौँ स्थानमा छ। त्यहाँ ३ हजार ६०५ जनाले ज्यान गुमाइसकेका छन् भने ३८ हजार ६८९ जना संक्रमित भइसकेका छन्।