-भक्तराज रसाइली
काठमाण्डौ । विगत लामो समयदेखिको पूर्ण स्वचालित अनलाइन पर्याप्त तयारीबिना र प्रशस्त पूर्वाधार नबनाई हतारमा समुद्घाटन गरेर अहिले नेप्सेले सर्वत्र आलोचना खेपिरहेको छ । अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्राएको दाबी गर्ने नेप्सेले अनलाइन कारोबार गर्दा आवश्यक पर्ने  सेयर लगानीकर्ताहरुको बैंक खाता समेत इन्टिग्रेसन नगरी अपाङ्ग प्रणाली ल्याएको भन्दै सेयरविज्ञ प्रा. मनोहरकृष्ण श्रेष्ठले रोष प्रकट गरेका छन् ।

अन्तर्राष्ट्रिय पद्धतिअनुसार नै पनि सेयरको डिम्याट खाता र बैंकमा लगानीकर्ताहरुको इन्भेष्टमेन्ट खाता हुनु अत्यन्त आवश्यक ठानिने विज्ञहरुको भनाई छ । सोहीमुताबिक नै पनि नेपालमा डिम्याट खाता र बैंकमा खोलिएको इन्भेष्टमेन्ट खाता भए बजारमा दुर्घटना न्यूनिकरण तथा जोखिम न्यूनिकरण र सेयर बजारमा विश्वासको वातावरण सिर्जना हुने जानकारहरु दाबी गर्छन् । 

जसरी प्राथमिक बजारमा आस्वा आबेदन गर्दा सिडिएस एण्ड क्लियरिङको सिस्टमबाट नै सेयर परेमा आबेदकको बैंक खातामा रकम ब्लक हुँदा समेत ब्याज आइरहने तर, सेयर परेको खण्डमा पैसा सिस्टमले अटोमेटिक खिचेसरह नै अब अनलाइन ट्रेडिङको सुन्दरता पनि यही किसिमको भए मात्र सार्थक हुने सेयर बजारका जानकारहरुको भनाई छ ।

यता, ५० जना ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल पनि बैंक इन्टिग्रेसन बिना दोश्रो बजारका लगानीकर्ताहरुलाई पूर्ण अनलाइन प्रणालीको लगइन नदिइने अडानमा बसेको एसोसिएसनका अध्यक्ष भरत रानाभाटले खुलासा गरे । उनले बिजशालासँग भने–‘यदि बैंकिङ इन्टिग्रेसनबिना लगानीकर्ताको हातमा अनलाइन दिएमा दुर्घटना हुने निश्चित छ । अल्पकालमा केही असजिलो भए पनि यसले सेयर बजारमा दीर्घकालीन परिपक्वता र सुन्दर भविष्य निर्माणको आधार तयार गरिदिनेछ।’

यसैगरी ब्रोकर नम्बर ३६ का सन्तोष मैनालीले पनि अनलाइन ट्रेडिङका लागि बैंक खाता इन्टिग्रेसन आवश्यक रहेको औंल्याए । 

नेपालमा अनलाइन फण्ड ट्रान्सफरका लागि बैंकहरुले  त्यत्ति विश्वास नलिने तर ब्रोकरका खाता राम्ररी रुजू गरेपश्चात जोखिम लिन तयार हुनुपर्ने उनको भनाई छ । यस विषयमा गम्भीर रुपमा नै छलफल अघि बढिसकेको र बैंक खाता समेत इन्टिग्रेसन छिट्टै हुने उनको बुझाई छ । 

यता, नेप्सेका सिइओ चन्द्रसिंह साउदकाअनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँग र क्लियरिङ बैंकसँग इन्टिग्रेसन हुन गइरहेको बताए । यसका थप विषयमा आउँदो शुक्रबार बैठक बस्ने उनको जिकिर छ । 

‘ब्रोकरहरुले जोखिम व्यवस्थापन गर्न लिनुभएको अडानलाई म स्वभाविक मान्दछु ।’–साउदले भने ।

यसरी सेयर लगानीकर्ताहरुको डिम्याटखाता र बैंक खाताबीचइन्टिग्रेसन हुँदा सुरुताकाकारोबार रकममामन्दी देखापर्ने भयले समेत केही समूहहुननदिनअघिबढेको स्रोतको दाबी छ । यद्यपिदीर्घकालमाकारोबार रकममाउछालआउने हुनाले यसकिसिमको प्रयासलाई सफलबनाउनुपर्ने जानकारहरुको बुझाइ छ । बैंकिगं च्यानल र डिम्याटको एकीकृत संयोजनले सेयर बजारमाचौतर्फी फाइदापुग्ने जानकारहरुको मत छ ।