काठमाण्डौ। रोयल इनफिल्डले पहिलोपटक इलेक्ट्रिक क्लासिक बुलेट बाइक भारतीय बजारमा लन्च गरेको छ।

यो बाइकको नाम फोटोन दिइएको छ। कम्पनीले यो बुलेटक बाइकको चेसिस, सस्पेन्सनमा थुप्रै परिवर्तन गरी इलेक्ट्रिक रुप दिएको हो। यसको इन्जिनको ठाउँमा कम्पनीले ब्याट्री प्याक फिट गरेको छ। यसका साथै यसमा एलईडी हेडल्याप्स लगाइएको छ। जसको बीचमा रिङ सेयर एलईडी डीआरएल फिट गरिएको छ। 

यसको मूल्य भारु १९ लाख रुपैयाँ लगभग तोकिएको छ। 

यो बाइकमा २.५ केडब्लूएच पावरको ब्याट्री लगाइएको छ। जुन थ्रीडी प्रिन्टेट प्यानलबाट लेस छ। 

बाइकमा १३ केडब्लू वाटर कुल्ड इलेक्ट्रिक मोटर लगाइएको छ, जसले रियर ह्विल्सलाई पावर दिन्छ। यसमा १६हर्स पावर क्षमता रहेको छ। 

फोटोन ४८ किलोमिटर प्रतिघन्टाबाट ८० किलोमिटर प्रतिघन्टाको रफ्तारमा पुग्न केवल ६ सेकेन्डको समय लगाउँछ। बाइकको टप स्डि ११२ किलोमिटर प्रतिघन्टा रहेको छ। 

कम्पनीको दाबी छ कि यो बाइक फुल चार्ज गर्दा १६० किलोमिटरसम्म सफर गर्न सकिन्छ। यो बाइक ९० मिनेटमा फुल चार्ज हुन्छ। – एजेन्सी