काठमाण्डौ । कुनै समय बरफलाई गलाएर आफ्ना लागि पानीको आवश्यकता पूरा गर्ने अमेरिकाको एक जनजाति समुदाय आज अरबौं डलरको मालिक बनेको छ । यो समुदायका प्रत्येक सदस्य प्रति महिना ९० करोड रुपैयाँ बराबरको आम्दानी गर्छन् । प्रत्येक साल प्रति सदस्यको कमाईको आँकडा १ हजार करोडभन्दा बढी छ । 

एजेन्सीहरुका अनुसार अमेरिकाको मिनिसोटा राज्यका यी जनजाति समुदायका हरेक सदस्य सुविधाजनक कारका मालिक हुुन् । यी जनजातिको विश्वका कयौं ठाउँमा सुविधासम्पन्न घर तथा उस्तै महंगा कार तथा अन्य सम्पत्ति छ । यिनीहरुका बच्चा विश्वका महंगा–महंगा स्कूल तथा कलेजमा पढ्छन् । 

यो जनजाति पहिलादेखि नै यति धनी थिएन । अति गरीबीको जीवन भोगेको यो जनजातिलाई एउटा विजिनेशले कायापलट गरिदियो । आज त्यही विजिनेशले यो समुदायलाई मासिक करोडौं रुपैयाँको आम्दानी दिइरहेको छ । 

भोगिसकेका छन् अति गरीबी
अमेरिकाको मिनिसोटा राज्यमा बस्ने शेकोपी मेवकङ्टोन नामको जनजाति समुदायमा कुल ४ सय ८० सदस्य छन् । हरेक सदस्य करोडौंका मालिक छन् । 

तर, कुनै समय यस्तो पनि थियो कि, यहाँका सदस्य पानी पिउनका लागि तड्पिन्थे । यी मानिस सामान्य घरमा बस्न बाध्य थिए । 

दैनिक सुविधाहरुको यहाँ पूरै अभाव थियो । तर, आज अवस्था पूरै बदलिएको छ । यहाँका प्रत्येक मानिसको साथमा आकर्षक रोजगारी छ । सँगै प्रत्येकले करोडौं कमाउँछन् । 

कायापलट भो एउटा विजिनेशले


मिनिसोटाबाट ४५ मिनेटको दूरीमा बसोबास गर्ने यो जनजाति समुदायको जीवनमा कायापलटका लागि यहाँ सुरु भएको क्यासिनो र रेष्टुरेन्टको व्यापारले महत्वपूर्ण भूमिका खेलिदियो । यो क्षेत्रमा आज १० वटा भन्दा बढी क्यासिनो छन् । 

यो क्षेत्रको कायापलट गर्न क्यासिनोले ठूलो सहयोग गरेको छ । मिस्टिक लेक होटल, यहाँको सबैभन्दा ठूलो होटल हो । यही होटलमा सबैभन्दा ठूलो क्यासिनो समेत रहेको छ । यसमा ५ रेष्टुरेन्ट समेत छन् । यो ६ सय कोठाको होटल हो । 
यो क्षेत्रमा गल्फ कोर्स, थिएटर लगायत अन्य कयौ चिजहरु समेत रहेका छन् । मिस्टिक लेक क्यासिनो अमेरिकाको चौथो ठूलो क्यासिनो हो । 

महिनौसम्मको होली डे
यी जनजातिहरुको होटल र क्यासिनोबाट यति धेरै कमाई हुन्छ कि, उनीहरु महिनौसम्म छुट्टी मनाएर बस्छन्, मस्ती गर्छन् । यो समुदायको हरेक सदस्यसँग लग्जरी कार र विश्वका कयौं महंगा शहरमा आधुनिक घरहरु समेत छन् । 

आफ्नो कमाई बढाउनका लागि यहाँका मानिस क्यासिनोमा जूवा समेत खेल्छन् । यसबाट यिनीहरुको आम्दानी कयौं गुणाले बढिरहेको हुन्छ । यी जनजाति समुदायका सदस्य पछिल्लो समय सौखिन समेत भएका छन् । घोडचढी र दुनियाँका अन्य महंगा खेलमा समेत उनीहरु सामेल हुन रुचाउँछन् । 

तर, बस्छन् सामान्य घरमा


यी जनजाति समुदाय महंगा कार चढ्न तथा महंगा शहरमा घुम्न जति मन पराउँछन्, उनीहरु बस्दै आएको घर हेर्ने हो भने चाहि सादगी जीवनशैली झल्किन्छ । विश्वभरि करोडौंको सम्पत्ति भएर पनि यिनीहरु परम्परागत घरमै बस्न मन पराउँछन् । कारण, उनीहरु आफ्नो पृष्ठभूमिसँग सधैं जोडिन चाहन्छन् । यसले आफूहरुलाई कति तलबाट उठेको हो भन्ने महसुस गराइरहने उनीहरु तर्क गर्छन । 

अधिक सम्पत्ति आर्जनका कारण यहाँका बुढापाका युवाहरु बिग्रिने हुन् कि भन्ने चिन्ताले ग्रस्त छन् । धेरै पैसा भएकै कारण युवाहरु कुलतमा फस्ने, आफ्नो परम्परा र पृष्ठभूमि पो भूूल्ने हुन् कि भन्ने कुराको चिन्ता समेत उनीहरुलाई छ । कतै युवापुस्ताले पैसाको महत्व नै नबुुझ्ने हुन् कि भन्ने चिन्ताले समेत उनीहरुलाई सताउने गरेको छ । 

दान दिन पनि अगाडि


जति तीव्र गतिमा यो जनजाति समुदायको कमाई बढिरहेको छ, त्यही गतिमा यिनीहरु दान दिन समेत अगाडि छन् । यी व्यक्ति आफूजस्तै दोश्रो जनजाति समुदायलाई दान दिन बढी मन पराउँछन् । 

यो जनजातिले सन् १९९६ देखि अहिलेसम्म २५ सय करोड भन्दा बढी रकम दान दिएरै सकेको छ । यस अलावा यो जनजातिले आपूmजस्तै अन्य जनजातिलाई ऋण दिने विजिनेश समेत संचालन गर्छन् । दोश्रो जनजाति समुदायलाई हालसम्म यो जनजाति समुदायले ५० सय करोड भन्दा बढीको ऋण दिइसकेका मिडिया रिपोर्टमा उल्लेख छ ।