काठमाण्डौ । माथिल्लो तामाकोशीको साधारण सेयर बाँडफाँड भएको छ । 

बबरमहलस्थित एक होटलमा माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड गरिएको हो । 

यो कम्पनीले निश्कासन गरेको कुल १ करोड ५८ लाख ८५ हजार कित्तामध्ये सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सुरक्षित गरेको थियो । 

कुल ३ लाख ३९ हजार ७ सय ७५ जनाले सेयर खरीदका लागि आवेदन दिएका थिए । तीमध्ये ३ लाख ३४ हजार ७५ वटा आवेदन मात्र सदर भएका थिए । 

यो कम्पनीको आइपीओमा आवेदन दिने ५ हजार ७ सय आवेदन रद्ध भएका बिक्री प्रबन्धक नागरिक लगानीकोषले जनाएको छ । यसको अर्थ १२ लाख ९८ हजार ९ सय ५० कित्ता खरीदका लागि परेको आवेदन रद्ध भएको हो ।  

सदर आवेदकबाट ६ करोड ४६ लाख १८ हजार ८ सय ४३ कित्ताका लागि आवेदन परेको थियो । 

यो कम्पनीको आइपीओमा सदर भएका सबै आवेदकले कम्तीमा ४० कित्ताको दरले सेयर पाएका छन् । ४० कित्ताको दरले सेयर बाँडफाँड गरी बाँकी रहेको १७ लाख २७ हजार ७ सय ५० कित्ताको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ । यसको अर्थ १ लाख ७२ हजार ७ सय ७५ आवेदकले थप १० कित्ताको दरले सेयर पाएका छन् । 

किन धेरै आवेदन रद्ध भए ?
बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार ३ लाख ३९ हजार ७ सय ७५ जना सर्वसाधारणबाट अपर तामाकोशीको सेयरका लागि आवेदन प्राप्त भएकोमा प्रशोधनपश्चात ती आवेदकहरुमध्ये सीआस्वामार्फत एकभन्दा बढी दरखास्त फारम बुझाएको १ हजार ३२ थान आवेदन र प्रथम तथा दोश्रो चरणको ऋण दिने संस्थाका कर्मचारी, कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थागत संस्थाका कर्मचारी र स्थानीय दोलखाका बासिन्दाबाट पुनः ४ हजार ६ सय ८१ थान गरी ५७००(१३ वटा दुवैतर्फका) आवेदनलाई बाँडफाँडमा समावेश नगरिएको हो ।